Advertisement
SKIP THIS

जब हजुरआमाले नै जन्माउनु पर्‍यो आफ्नो नातिनी


अमेरिकी प्रदेश नेब्रस्काको एउटा अनौठो घटनामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा उनले अत्याधिक खुसी व्यक्त गरेकी हुन् । सीसेली एल्ज नामक ती महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् ।

छोरा म्याथ्युले परिवार सुरु गर्न चाहेको बताएपछि आफूले नै यस्तो प्रस्ताव गरेको सिसेलीले बताएकी हुन् । उनी भन्छिन्, “अवस्य पनि पहिले त मेरो कुरा सुनेर उनीहरु हासे ।”

उनका अनुसार सुरुवातमा सबैले यसलाई मजाक र ठट्टाका रुपमा लिएका थिए र व्यवहारिक नभएको ठहर गरेका थिए ।  म्याथ्युका पति एलिओट भन्छन्, “तर उनका लागि यो कुरा सधैँ एउटा सुन्दर भावना थियो । उनी अत्यन्तै उदार महिला हुन् ।”

तर म्याथ्यु र एलिओटले सन्तान जन्माउनेबारे आफ्ना चिकित्सकसँग सल्लाह लिँदा डाक्टरले पनि सो उपायले काम गर्ने सुझाव दिए जसपछि नै सीसेलीको अन्र्तवार्ता लिइयो र उनीमाथि विभिन्न परीक्षणहरु गरियो । सबैमा सफल भएपछि उनी सरोगेसीका लागि योग्य ठहरिएकी हुन् । उनले भनिन्, “म मेरो स्वास्थ्यबारे अत्यन्तै सचेत रहने गर्छु । त्यसैले म मेरो कोखमा सन्तान राख्न सक्छु भन्नेमा मलाई कुनै शंका थिएन ।”

यसका लागि म्याथ्युले आफ्नो स्पर्म दिएका हुन् भने उनका पति एलिओटकी दिदी ‘एग डोनर’ बनेकी थिइन् । म्याथ्युका अनुसार साधारण जोडीले आइभीएफ प्रक्रिया अपनाउन सक्थे तर आफूहरु समलिङ्गी भएका कारण नै आफ्नो जैीवक सन्तानलाई जन्म दिने यो उनीहरुको एक मात्र आशा थियो ।

उनी भन्छन्, “हामीलाई पहिले नै थाहा थियो यस विषयमा हामीले असाधारण रुपमा सोच्नुपर्छ ।”

उनका अनुसार सीसेलीको गर्भअवस्था सामान्य र स्वस्थ रह्यो तर उनले त्यसअघि आफ्ना तीन सन्तानलाई जन्माएको तुलनामा योपटक ज्यादै फरक अनुभूति गरिन् । उनका अनुसार पहिलोपटक गर्भ प्रत्यारोपण गरिसकेपछि प्रेग्नेन्सी किटमा टेस्ट गर्दा नेगेटिभ देखिएको थियो जसपश्चात् सबैजना दुःखी र उदास भएको उनले बताइन् ।

यसरी पछि मात्र उनका पतिले किटमा अर्को गुलाबी धर्का देखाउँदै त्यस क्षणलई अविश्वसनीय खुसीको पलमा बदलेको उनको भनाइ छ । यसरी आफ्नो आँखा कमजोर भएकाले नतिजा राम्रो देख्न नसकेको उनले उनले हाँस्दै बताइन् ।

सो क्षेत्रमा समलिङ्गी विवाहले कानुनबाट अनुमति पाइसकेपनि समलिङ्गी अभिभावकलाई सन्तान अपनाउन दिने गरिएको छैन । त्यसैले समलिङ्गी व्यक्तिहरु प्रतिको अपहेलना र विभेदलाई कम गराउने उद्देश्यका साथ आफूहरुले यो कथा दुनियाँलाई सुनाउन चाहेको सिसेली बताउँछिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...