रास्कोट अस्पतालको लागि कोरियाबाट ४० लाख सहयोग
कालिकोटको रास्कोटमा निर्माधिण स्मार्ट रास्कोट अस्पतालको लागि कोरियामा रहेका नेपालीले ४० लाख भन्दा बढी आर्थिक सहयोग उठाएका छन् । सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको संयोजकमा निर्माण भइरहेको अस्पतालको लागि कोरियामा विभिन्न क्षेत्रकबाट संकलन गरिएकाे ३ करोड ८५ लाख ४८ हजार २ सय ७५ कोरियन वन (लगभग ४० लाख नेपाली रुपैयाँ) नेपाल पठाउने तयारी गरेको छ । आइतबार सउलमा रास्कोट अस्पताल सहयोग अभियान तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियानले एक कार्यक्रम तथा भेटघाट गरी साे कुराकाे जानकारी दिएकाे हाे ।
कार्यक्रममा अभियानका संयोजक यम श्रेष्ठले तीन महिना चलेको संकलन अभियानले यतिको आर्थिक जम्मा गर्न सकेको बताए । उनले यस अभियानमा विभिन्न ब्यक्ति, व्यवसयी लगायतका हरेक क्षेत्रका व्यक्तित्वहरुले सहयोग गरेको बताए ।
तीन महिनासम्म चलेको अभियान आइतबारबाट अन्त्य भएको घोषणा गर्दै यतिसम्म सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिएका थिए । यस अघि यस्तै अार्थिक संकलन धुर्मुस–सुन्तली फाउनडेशन, श्वेता श्री फाउन्डेशन, महाविर पुनका राष्ट्रिय आविष्कार केन्द्र लगायत विभिन्न क्षेत्रमा गरि सकिएकाे छ ।