यो सिजनको पहिलो फुटबल प्रतियोगिता चौथो मर्स्याङ्दी च्याम्पियनसिप मे ५ मा हुने


लमजुङ एफ.सी. दक्षिण कोरिया द्वारा आयोजित पत्रकार सम्मेलन आज सौल दोङ्देमुनमा सम्पन्न भएको छ।एफ.सी.का संयोजक जित गुरुङको सभापतित्वमा ,एन आरएन एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ को बिशेष अतिथ्यता रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुंवर ,फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कुमार राई,नेवा:पुच दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीको अतिथ्यता रहेको थियो ।
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेर लमजुङ एफ.सी.दक्षिण कोरियाको आयोजनामा कोरियाको छनानमा रहेकाे छुक्कुजाङमा आगामी मे ५ आईतबार चौथो मर्स्याङ्दी फुटबल च्याम्पियनसिप हुने भएको छ। प्रवासमा नेपाली फुटबल खेलाडीहरुको खेल स्तर बढाउने, स्वास्थ्यको लागि खेलकुद र कोरियाबासी नेपालीहरुमाझ आपसी मेलमिलाप र भाईचाराको भावना अभिवृद्दि गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक जित गुरुङले जानकारी दिए ।

सन् २०१२ मा स्थपना भएको लमजुङ एफ.सी.ले द.कोरियामा आयोजना भएको अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरि उपाधि हासिल गर्नुका साथै यहां आयोजना हुने नेपाली फुटबल प्रतियोगिताहरुमा एक दर्जन उपाधि हासिल गरिसकेको एफ.सी. का मेनेजर कृष्ण गुरुङले बताए। साथै एफसी द्वारा हासिल गरिएका सम्पूर्ण उपाधिहरुको कप सम्मेलनमा प्रदर्शन गरिएको थियो।

एफ.सी. को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको लागि अप्रिल १४ देखि २८ तारिख दिउंसो २ बजेसम्म टिम दर्ता खुला गरिएको छ। साथै अप्रिल २८ तारिखका दिन दिउंसो ४:०० बजे एक कार्यक्रम गरि टाईसिट सार्बजनिक गर्ने अायाेजकले जानकारी गराएका छन् । उक्त कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनुहुन कोरियाबासी सम्पूर्ण नेपालीहरुमा कार्यक्रम संयोजक जित गुरुङले अनुरोध गरेका छन्। प्रतियोगितामा सहभागी ईच्छुक टिमले महासंघ द्वारा निर्धारित प्रवेश शुल्क तल उल्लेखित खातामा जम्मा गरि आफ्नो टिम दर्ता गर्न सक्ने जानकारी दिए।
टिम दर्ताकाे लागि ३ लाख ५० हजार(३५००००वोन) लाग्नेछ । सुनिल गुरुङकाे बैंकको नाम: NH bank A/c no: 3517196448823 रकम जम्मा गरेर अाफ्नाे टिम दर्ता गर्न सकिनेछ । थप जानकारीका लागि कृष्ण गुरुङ -010-3787-8849, जित गुरुङ-010-4315-7611,तेज घले-010-4898-3162,
सुनिल गुरुङ-010-7196-4488 लाइ सम्पर्क गर्न सकिने अायाेजकले बताएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...