एनआरएनए कोरिया आडम्बर वा वास्तविकता


समस्याहरुले समाधानको खोजि गर्दा कहिले समाधान गर्ने घेरा सानो हुन्छ त कहिले समस्याको आकार र ब्यक्तिको महात्वकांक्षाले यो घेरा फराकिलो बन्न पुग्दछ। रोजगारि, अवसर र सुरक्षाको दृष्टिकोणबाट केहि दशक पहिलेबाट (बेलायति सेनामा जानेहरुको लागि छोडेर) शुरु भएको नेपालिहरुको अन्तराष्ट्रिय बसाइ सराइ जो कामको, अध्ययनको वा ब्यबसायको शिलशिलाको रुपमा भएको देखिन्छ। अपबाद बाहेक यस्ता नेपालीहरुले स्वदेशबाट कमाएर लैजाने भन्दा पनि परदेशमा नै कमाउने  स्थापित हुने र केहि मात्रामा स्वदेश पनि फर्काउने गरेको देखिन्छ। यसरि बिश्व भर रहेका नेपालीहरुले त्यहाँ आर्जन मात्र गरेको हुदैनन् आफुसंगै आफ्नो मौलिक कला संस्कृतिलाइ पनि विश्वब्यापि बनाइरहेको हुन्छन। यो संस्कृतिको आदान प्रदानको हिसावले हेर्ने हो भने एउटा राम्रो स्थिति पनि हो। सन २०००को दशकमा ब्यवसायी उपेन्द्र महतोको सकृयतामा गैह्र आवासिय नेपालीहरुले मातृभुमि प्रतिको जिम्मेवारि र आफ्नो ब्यबसायीकिकरणको सामुहिक प्रयत्नको सहजताको लागि गैह्र आवासीय नेपाली संघको स्थापना गरि एउटा साँगठिक संरचनाको निर्माण र राज्यले मान्यता दिने सम्मको काम गर्न सफल भएको छ।

यसै सन्दर्भमा त्यसैको सेरो फेरोमा बहुत उत्साहको साथ कोरियामा पनि एनआरएनए कोरिया राष्ट्रिय कमिटिको गठन भयो। यसले अाफ्नो स्थापना काल देखि हालसम्म कहिले देखिने गरि कहिले नदेखिने गरि जसरि त्यसरि चलिरहेको देखिन्छ। शुरुका बर्षहरुमा यसले केहि गतिबिधिहरु गर्ने प्रयत्न गर्यो र केहि सफलताहरु पनि हासिल गरेको देखिन्छ। जसरि मान्छेको शरीर बाँच्नु र बाचेर सकृय भइ काम गर्न सक्नु फरक कुरा हो त्यसरि नै एउटा संस्था आफैमा चलिरहनु र संस्थाले निश्चित गरेको उद्देश्यमा काम गर्न सक्नु नितान्त फरक कुरा हो। यस सन्दर्भमा हेर्ने हो भने एनआरएनए कोरियाको बारेमा मलाइ लागेको केहि बिषयहरु राख्न चाहान्छु। मैले राख्न खोजेको बिषय कुनै पात्रसंग सरोकार राखेर उल्लेख गर्न खोजेकी भने होइन तथापि संस्थाको नेतृत्व गर्नेहरुको प्रवृतिको भने यसले अवश्य पनि इङ्गित गर्नेछ।

उद्देश्य रहितको सकृयता: मलाइ माफ गर्नुहोला एकाध अपबाद बाहेक यस अभियानमा संलग्न हुनेहरु कमिटिमा ठुलो मेहेनत गरेर आउने देखि कमिटिमा पठाउन मतदान गर्नेहरुसम्म यसको उद्देश्य अौचित्य माथि प्रश्न गर्ने,छलफल गर्ने र उद्देश्य केन्द्रित बनाउन योजना बनाउने काम हुन सकेको छैन वा अझ भनौ यसको जानकारी हुनु पर्छ भनेर चासो सम्म पनि राख्दैनन्। एनआरएनए कोरिया गतिहिन हुनुको प्रमुख कारण यो हो भन्ने निष्कर्ष निकाल्दा अतिसुत्युक्ति नहोला।

अश्वस्थ प्रतिस्पर्धा: एनआरएन कोरियाको अध्यक्ष हुन वा कमिटिमा आउनुलाइ सामाजिक प्रतिष्ठाको बिषय बनाउन पुग्दा तिब्र, अश्वस्थ र अबाञ्क्षित प्रतिष्पर्धा भएको देखिन्छ। निश्चय नै यस किसिमको प्रतिस्पर्धाले समाजलाइ एकजुट भन्दा पनि बिभाजित बनाउने कुरा स्वभाविक हो। बिभाजित समुदायबाट सकृय र परिणाम मुखि काम हुने कुरा कल्पना सम्म गर्नु उचित हुदैन।

ब्यबस्थापनमा समस्या: एनआरएनए कोरिया स्थापना भइ सञ्चालन भएर छैठाैं कार्य समितिमा आइपुग्दा सम्म न त यो बैधानिक रुपले दर्ता भइ सञ्चालन हुन सकेको छ। न त यसका कामहरुको कुनै अभिलेखिकरण भएको छ। न त बेला बेलामा यसले गर्ने अधिबेसन तथा महामेला जस्ता गतिबिधिमा हुने आर्थिक क्रियाकलाप तत्क्षण पारदर्शि तरिकाले राफ साफ गर्न सकेको छ। यसका अधिकांश बैठकहरुको अधिकांश समय यिनै बिषयमा खर्च भइरहेको छ। यसले आफु आफै सञ्चालन हुने मात्र बिजिनेश गरिरहेको अनुभुति हुन्छ। त्यसो पनि ब्यबस्थित रुपले हुन सकेको छैन।

टीम वर्क र समाजिक एकता: एनआरएनए कोरियमा सामुहिक रुपमा समान सकृय भएर हरेक गतिबिधिमा पुरै कमिटि मोभीलाइजेसन भएको विरलै पाइन्छ। आफ्नै टीम एकताबद्ध हुन नसक्दा सामिजिक रुपमा समाजका अन्य पक्षहरुसंग एनआरएनए कोरियाले नेतृत्वको दावि स्वभाविक र युक्तिसंगत देखिदैन। एकताबद्ध हुन नसक्नुमा यसले खेल्नु पर्ने तथस्थतामा समेत प्रश्न गर्ने प्रसस्त आधारहरु छन।

समग्रमा एनआरएनए कोरिया अतित मुखि छ। यसले बिगतमा आफैले गरेका कामको बस्तु निष्ठ समीक्षा नगर्ने। त्यसैलाइ प्रतिष्ठाको बिषय बनाउने। त्यसैमा एकले अर्कोलाइ अल्झाउने, फेरि चित्त बुझेन भने फेरि बल्झाउने र समय गुजार्ने काम हुदै आएको छ। अकालमा ज्यान जाने नेपालीहरुको, बिरामी हुनेहरुको, काममा अलपत्र हुनेहरुको समाधानमा परोपकारि बन्ने र सेलिब्रेटि बन्ने होड रहेको स्पस्ट अनुभुति हुन्छ। यस किसिमले चल्नु न त यसको उदेश्य हो न हो सधै चलिरहन सक्छ। त्यसैले यसलाइ सुस्पष्टसंग लैजाने हो भने यो भविश्य मुखि हुनु पर्छ।

विगतबाट यसले सिक्नु पर्दछ नकि अल्झने। आफ्नो सदस्यहरुलाइ उत्तरदायी बनाउनु पर्दछ। कम्तिमा पनि ५०० सदस्यहरु एउटा फ्रेम वर्क भित्र ल्याउन सक्ने हो भने र एक जना सदस्यले बढिमा महिनामा मान वन योगदान गर्न उत्साहित बनाउन सक्ने हो भने यसले एउटा अफिस र स्टाफ राखेर आफ्नो स्थानिय समस्याहरुमा समय दिन सक्छ।कोरियामा अन्य देशहरुको तुलनामा तुलनात्मक रुपमा मञ्दुरहरुको सुरक्षाको प्रवन्धहरु राम्रै छ। यहाँ ठाउँ ठाँउमा बिदेशि सेवा केन्द्रहरु सञ्चालित छन। मानव अधिकारको लागि काम गर्ने संस्थाहरु छन। मञ्दुरको समस्या हेर्नको लागि नेपाल सरकारले श्रम काउन्सेलर समेत ब्यबस्था गरेको छ। यस्ता सहयोगि संस्थाहरु अरु पनि छन। राजदुतावास पनि छ। समस्याहरु समाधान गर्न ब्यबस्थित रुपमा एनआरएन कोरियाले आफ्नो अफिसमा अनुभवि मान्छे कर्मचारिको रुपमा राखेर काउनसिलिङ गर्न सक्छ। कुन समस्याको लागि कहाँ जानु पर्ने हो कस्लाइ समन्वय गर्नु पर्ने हो सो गर्छ। नकि स्वयम अध्यक्षहरु हस्पिटलमा बिरामी भेट्दै गरेको फोटो फेस बुकमा सेयर गर्दै रकम सहयोग गर्नुस भनेर अनुनय बिनय गरिरहनु पर्दछ। यसको सट्टा त्यो निर्वाचित कमिटिले मातृभुमिमा कसरि लगानि बढाउन सकिन्छ, पयर्टनको प्रवर्धन कसरि हुन्छ, संस्कृतिको आदान प्रदान कसरि गर्न सकिन्छ भनेर छलफल गर्दै योजना बनाउने, योजना कार्यान्वयन गराउने गर्नु पर्दछ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...