मनाङ परिवारले भिजिट नेपाल प्रर्बद्धन गर्न हाइकिङ गर्ने
भिजिट नेपाल २०२० लाई प्रर्वद्र्धन गर्न कोरियाको दोबोङसानमा अप्रिल २१ आइतबार हाइकिङ हुने भएको छ । सो कार्यक्रम मनाङ परिवार दक्षिण कोरियाले आयोजना गर्न लागेको हो ।
‘हामीले सउल छेउछाउमा हुने सबै भन्दा ब्यस्त र राम्रो हाइकिङ स्पट छानेका छौ ।’ मनाङ परिवारका अध्यक्ष जेवी लामाले भने । ‘धेरै कोरियन भेट हुने भएकोले नेपालको बारेमा भन्न र बुझाउन सकिन्छ भन्ने हामीले ठानेका छौ । यसमा सउल वरिपरि हुने साथीहरुको सहभागिता जनाइ दिन आग्रह गर्छु ।’ उनले थपे ।
कार्यक्रम बिहान ९ बजेबाट सुरु हुनेछ । झन्डै ३ घन्टा लाग्ने हाइकिङमा आयोजक संस्थाले कोरियनहरुलाई नेपालका बारेमा जानकारीमुलक पर्चा बाँड्ने योजना छ ।
कार्यक्रममा सहभागि हुन चाहनेले दोबोङसान स्टेशनको गेट नं.१ मा समयमै पुग्न पनि आयोजकले आग्रह गरेको छ । साथै हिड्न सजिलो हुने कपडा र पानी आफैले बोकेर आउन आयोजकले आग्रह गरेको छ ।