छोटों समयको चामत्कारिक विकास।चुच्चे रेल,चौड़ा वाटोहरु,समुन्द्रमाथी पुल,समुन्द्रको पिधैवाट वाटो,ठुला अपार्ट र सुन्दर मनमोहक पार्कहरु छोटकरीमा कोरियाको विशेषता।जुन सामान्य आँखाले नियाल्न सकिन्छ।व्यक्ती वरावर कारकों संख्या,निर्यातकों दोस्रो ठुलो रास्ट्र,३० हजार डलर माथी प्रती व्यक्ती आय,संसारकै शुरक्षित रास्ट्र र महिला अधिकारमा नमुना राज्य विश्वकै तथ्यहरुले वोल्ने कोरिया।आप्रवासी कामदारको संख्या नै काेरियाकाे जनसंख्याकाे एक तिहाइ,भुगोलमा नेपालको भन्दा दुई तिहाइ , फेरी चुरे पहाड र समुन्द्र आखिर कसरी आटेको छ।यतिका मान्छेहरु के समस्या चै छैनत? कोरियामा व्यस्त समयमा आक्कल झुक्कल वाहिर निस्कने एउटो मजदुर म खै कति पढे होलार? अनि कति पस्कन सक्छु प्रयास पक्कै गरेको छु।
दुई साता अगि पुरानो वजारमा केही सामान किनौ भनेर वसपार्कमा वस कुरिरहेको थिए। करिव ७० बर्ष माथिकी कोरियन आमा
संवाद यसै शुरु भो।वजारमा सस्तो मुल्यमा पाइने लुगा लगाएकी।प्लास्टिकको कालो झोलामा केही नदेखिने सामान।सेतो प्लास्टिको मुख समाएर केही चाउरिएका मुन्तलाहरु वोकेर वसेकी आमा।फिस्स हाँसोदिएपछी मैले जवाफी मुस्कान दिए।वावु कुन देशको? मैले नमस्कार गरेर नेपालवाट आएको भने।दोस्रो प्रस्न वावु म नोफो जादैछु ३७ नम्वरको वस कतिवेला आउछ?ए पख्नुस म पनि त्यै वसमा जाने हो नोफोनै १३ मिनेटमा आउछ।मैले गुगल म्याप हेरेर वस आउने समय वताए।अव शोधकर्ता हुने पालो मेरो थियो।कता जादैहुनुहुन्छ आमा मैले लाडिएरै सोधे? सम्यनमा छोरीकोमा जादैछु।ओहो तपाई यो गलत वस पक्डदै हुनुहुन्छ उ त्यो पारी १०१० वसले सिदै सम्यन पुर्याउछ।समयपनी वच्छ अनि वस र रेल साट्न तपाइलाइ झन्जट पनि हुदैन।आमै जादै गरेको वाटो करिव ५५ मिनेट वस र त्यसपछी ३० मिनेट मेट्रो वाट वल्ल सम्यन पुगिन्थो।१०१० ले सिदै ४५ मिनेटमा पुर्याउने। हुनत हो वावु तर त्यो वसमा जादा पैसा धेरै लाग्छ मसंग छैन।अचम्म अव मपरे माथिको तथ्यअनि उहाँको कुरा।पक्कै मैले भनेको १०१० को न्युनतम भाड़ा १७०० वन र आमाको ३७ को १२००।फेरी मेरो वुझाइमा कोरियामा जेस्ठ नागरिक ३०% मै यातायात सेवा पाइन्छ।त्यो हिसावले ५७० वन र ४०० वन नेपालीमा ५७ र ४० फ़रक १७ रुपैया।मैले अरु सोध्ने हिम्मत गरिन सोध्नत मन थियो छोराछोरी कति र केके गर्छन।तिनको सवै पढिसकेपछी कतै जिवन शर्माको सिमली छायामा वसी झै गित त आउने हैन म अवाक थिए।झोलावाट निकालेर आमैले शुन्तला अथवा मुन्तला र शुन्तलाको खच्चड झै दिनुभो।मैले खुसी हुदै खाए जरुर त्यहाँ अपार पुर्विय सभ्यताको स्नेह मिसीएको थियो।कम्पनि लैजाने पार्टीमा वदेलको परिकार र रक्सीको चुस्की भन्दा लाखौ स्वादिस्ट।त्यो सवै हेरेपछी मैले ३० हजार डलरको परव्यक्ती आय सम्झिए अनि कोरिया संख्यात्मक रुपमा त्योस्तरको जिवन नेपालमा वडिमा एउटो लाख आमाहरुले विताएको होला।वजार र मेलापातमा हाम्रा आमाहरुको हासो अझै लुटिएको छैन।
हतार हतार नुवाकोट समाजको तोंदेमुनको कार्यक्रम पछिल्लो सल्लालमा हाज़िर गरेर।अक्सर मलाइ कलाकारको नाच र गितले खासै छुदैन उही देखिनुपर्ने वाध्यताले पुगेको थिए।चुच्चे रेल समातेर वुसान पुगेर एउटा विरामी साथि भेट्नु थियो।विहान फेरी काममा जान त छदैछ।२:४० को सउलवाट ५:३५ को वुसान यक र साथि संगै भेटेर जाने वुसान स्टेसनवाट आकस्मिक तय गरेको थिए।चाडको व्यस्त समयमा सिट नपाएर उभिने टिकट लिए।म संग विकल्प थियो रेल चढेपछी ख़ाली भएको सिटमा वस्ने अर्को स्टेसनमा मान्छे आए छोडिदिने।ख़ाली सिटमा गएको मजस्तै वसेकी अधवैसे कोरियन रहेछ म गए पछी अर्को छकी भनि हेरेको प्रस्टै वुझे।अथवा उ पनि उभिने सिटकै यात्री पक्का भएपछी मैले सोधे कहासम्म तपाई? उल्सान सम्म !अनि तपाईको टिकट किननी यस्तो तपाइ त कोरियन अग्रिम वुक गर्न सक्नुहु्न्छ? हैन यो टिकट सस्तो हुन्छ त्यै भएर मैले हतार नगरेको।उत्तर स्वभाविक भएपनी त्यहाँ भित्रपनी अवस्य अर्थको पिडा अवस्य थियो ।२ स्टेसन कटेपछी मान्छे आयो १ जना मैले उठेर गए।फेरी ख़ाली भएको सिटमा वस्दै वुसान पुगे साथि भेट्दा ६ वजो ।समयले वर्वाद गर्यो राति अवेर हुनसक्छ। साथिको आग्रहमा विरामी भेट्न नजाने निर्णय गरियो ढिलाको कारण वुसान यकमा गेटका नम्वर दोहोरो अथवा १ नम्वर दुईतिर। वल्ल वल्ल रेलको पालेको संवादपछी पालेलेनै समाएर साथिलाइ मेरो ज़िम्मा लगाएको थियो।मेट्रोमा चढ्न लाग्दा अटो मेसिनवाट २ वटा पेप्सी तानेर पस्यौ मेट्रोमा।वेलुकाको समय मेट्रो भिड थियो कतै सिट ख़ाली छैन।एए यता आइज तिमीहरु विदेशी। आरक्षणमा वसेनी फरकपर्दैन ।आरक्षणमै वसेको कोरियनले भने अनि हामी त्यही संगै वस्यौ।परवाट हेर्दा के थाहा नजिकै त रक्सीले फिटान अर्धचेतको वोल्या वोल्यै गर्ने मान्छे रहेछ।सिटमा वसेर पेप्सिको एक सुर्को नलिदै फुत्त मेरो हातवाट खोलेर पियो।अवाक म कस्तोमा फसियो मुखै गाडेर जडाहाले खाएको पेप्सी आफ्नो अात मरेकै थिएन।उस्ले फिर्ता गर्दा मैले हामी नेपाली हौ कसैको मुखको खादैनौ खा आफै मैले कडकिएर वोले।हामी उठेर पर जानुको विकल्प थिएन त्यस्को गन्हाएको मुख अनि विदेशीको अगि जतिपनी वोलेहुन्छ भन्ने सोच।जतिशुकै शुरक्षित भनिए पनी मुखैको पेप्सी खोलिएको मेट्रोको विचैमा।
१५ तारिक तलव आउने १८ तारिक कम्पनीको अफिसरले आज कम्पनी पार्टी छ भन्याे।वेलुका सवै विदेशी कामदार पछाडी म साँहु संगै अगाडी सिटमा वसे।कुराको औपचारिकता शुरु गरेपछी मैले किन पार्टी दिएको तलव नदिएर सोधे?तिनीहरुले सवै फुल्यांग निकालेर कम्पनी डुव्न लागो।साहुजी भएर यस्तो कुरा गर्ने मैले प्रतिउत्तर गरे।हैनहैन २५ तारिक यो महिना तलव दिउला रिसाउछौ भनेर पार्टी दिनलागेको।म वैंकको लोनमा छु ।यो दशदिन मैले तलव रोके भने ४० लाख वन पेनाल्टीवाट वच्छु। आखिर तिमीहरुले आज वडिमा १० लाखवन खानेत हो।पिडा पक्कै साहुजीमा पनि हुने रैछ।कतिपय कम्पनीले ३ महिना तलव नदिएर रोकेको घटनापनि सुनिन्छ।विश्वकप फुटवल कोरियाले खेल्ने दिन साहुले संगै देखाउने भन्दै होटल वुक गरेर सवै कामदार लगेको थियो।सायद २ वटा टेवल वुक हाम्रो रहेछ अरुपनि कोरियन थिए वियर र रक्सीको चुस्की संगै सवै गेमको प्रतिक्षामा थियौ।अकस्मात होटलै हल्लिनेगरि आवाज आयो।पछाडी फर्केर हेरेको कोरियाको जर्सीमा कोरियन ठिटो आएको रहेछ।अथवा त्यहाँ अरु कसैले जर्सी लगाएका थिएनन् हामी जावो कामदारको के कुरो।म अवाक यो मानेमा भए हाम्रो देशमा वल्डकप शुरु हुदै ४०% वडी मान्छेले आफुले रोजेको टिमको जर्सी लगाएर वजार घुमिसक्छन।आखिर हामी त टिम रोज्ने न हो यहाँत आफ्नै टिम छ अनि खुसिको मानक कुन वनाउने मैले।
चौवाटो र पार्कहरुमा ७० माथीका वुडाहरुले गर्ने गफ।ट्याक्सी ड्राइभर हरुले गर्ने जवानीको गफ साच्चै सुन्न लायक छन।कति सुनिन्छन आवाजहरु कति वुझिन्छन त्यो आफैमा भर पर्छ।करिव २ वर्स अगि राम्रै तलव थापेको दिन वोसले खुसीदेखेर वोल्यो ओहो यतिका पैसा।मैले सहजै भने फुजांगनिमको भन्दा १३ लाख वन कम छ।काम त म लोडको गरिराछु फेरी काउन्टर पुर्याउने र हिसाव मिलाउने आफै गर्छु केको रिस।ठ्ट्टैमा वहादुरी देखाए हास्दै।पख मेरो हिसाव सवै देखाउछु।३ लाख वनको फोन र नेट,१.५ लाख गाडीको तेल,७ लाख वन अपार्टको भाडा,२ लाखको चुकोट,भान्साको विल भोलि लेर आउला १५ लाख कम छैन,१८ वर्से अार्मीमा छिरेको छोरोको छुट्टै छ।८१ वर्से वाको जन्मदिन मनाउन नसकेर वा रिसाउदैहुनुहुन्छ।मेरो ३९ लाख वन सकिएर श्रीमतीको १ चौथाई सकिन्छ।महिलाको तलव सरदर काम कम हुनाले कम हुन्छ कोरियामा।मेरो पुरै परिवारको वचत १५ लाख वन पर महिना निक्कै सकस छ।अव भन तेरो जिवन सुखीकी मेरो ५७ वर्सको उमेरमा एउटा फ़्लाइट किन्न सकेको छैन।मेरो परिवारको नाममा १० वर्गफिट जमिन छैन।कम्तिमा अलिअलि गाली सहेर केही वर्स काम गरे तिमीहरु फर्केर नेपालमा साहु वनेर ज़िंदगी चलाउछौ हामी कति दिन यसरी चलाउने।धेरै कोरियनले विदेशीलाइ गाली गरेर फकाउदा प्रयोग गर्ने वाक्य फेरी प्रयोग गर्यो। म चुपचाप सुनिरहे।
ठुलै सपना देख्दै पसेको कोरिया सिक्न चाहन्थे धेरै।मलाइ साहुदेखी कामदार सम्म संगत गर्न मनथियो।हामीले ज़िम्मा लाएपछी साहु लिन आउछ राम्रो अभिवादन गर्नु एचआरडी र इपियसले सिकाएको कुरा। सउलवाट ५ वजे हिडेर थेजनमा २ वजे चाउचाउ खाएर हादानमा कम्पनीको मान्छे ५ वजे भेट्दा पक्कै साहुजी सम्झेर ४५ डिग्रीमै इन्सा गरेको थिए।वेलुका सिनियर दाइहरुले साहुनी हो भन्दा अफिसकै महिला रैछन झै लाग्या थियो।तर साहुनित ४ दिनपछी पसिना चुहाउदै सामान प्याक गरेको देखेर अचम्म लाग्यो।एक हप्ता पछी उ त्यो तै साहुनीको आमा करिव ६५ को उमेरकी कालो चस्मा लगाएकी तर सामान प्याक गरिरहेकी।कास्टिक सोडाले मेसीन सफ़ा गर्दा करिव १७ वर्स पहिले यिनको आँखाको ज्वती गएको रे।एउटा ‘रे’ सिनीयरले सारेको थियो मलाइ पछी नयाँ साथिलाइ त्यै ‘रे’ मैलेपनि सारेको थिए।वरपर हिड्दा सहारा चाहिने मान्छेले काम गरेको देख्दा मलाइ अचम्म लाग्नुत सामान्य थियो।अझै अचम्म ५० माथी कामदारलाई काम दिनसक्ने मान्छे आफै तलको कामदार संग काम गर्नु कल्पना वाहिर थियो।घरमै खानाको निम्तो मान्न गएका थियौ कुनैदिन तर त्यहा कुनै घरेलु मजदुर थिएन।अथवा पाहुना हामी आफै पाक र कुक सवै।नेपालीले कम्तीमा पाहुनालाइ वनाएर खुवाउछ।कता कता २,४ वटा विस्कुटको प्याकेट किनेर पसलेलाई ल्याइदिन आग्रह गर्ने नेपाली महिला सम्झे जस्का अधिकांस श्रीमान विदेशिएका थिए।अनि शुख खै कता भेटिने हो कोरियामा या नेपालमा।
७०% विवाह पारपाचुके हुने सायदै हाम्रो पुर्विय सभ्यताको भयानक नक्सा कोरियाकै होला।आत्माहत्याको उच्च नम्वर कोरियाकै पर्छ।हरेक ४० मिनेटमा एउटा वेवारिसे वच्चा वच्चा हु्र्काउने केन्द्रमा आउछ।टोलटोलमै असहाय रेखदेख केन्द्र छन।हरेक नागरिक महगीको मारमा काम धेरै गर्न चाहन्छ सरकार वित्तीय व्यवस्थापन होस भनेर काम कटौती गर्दै छ। युरोपका अधिकांस देशको परव्यक्ती आयभन्दा उच्च भएरपनि जिवनस्तर माथी नहुदा चिन्तित छ कोरिया।अथवा मान्छेले फुर्सदमा परिवार र वजारलाइ समय नदिएर देशको भावनात्मक अस्तित्व हराउनेत हैन यो सवाल उठेकै छ।
अनि शुख खोज्दै भौतारिएका हामी साच्चै भन्दा मेहनत केहो परिश्रम केहो नवुझी धेरैको जिवन वितेको छ।झोपडीनै भएपनी हाम्रो हासो हराएको छैन।सिस्नोनै भएपनी हाम्रो क्यालोरी कम छैन।आजकल कता कता शुखको खोजीमा हराएर आफ्नो वास्तविकता भुल्न खोज्दैछौ हामी।पक्कै भौतिक सम्पन्नता चाहिएको छ तर हाम्रो वचेको मानवता र खुसी लुटिएला भन्ने उत्तिकै चासो मिसीएको छ।सरदर काम पाउदा चल्ने जिन्दगी सवैको उस्तै रहेछ।विदेशमा केही वर्स वसेर आखीर आजसम्म नेपालीले वनाएकै दलालले प्तटींग गरेको १ टुक्रा जमिनमा ४ कोठे घर।तर त्यसले दिइएको चै के छ।आखिर १ टु्क्रा जमिन पाँखों कान्लो जहाँ भएनी नहुने नेपाली छैन।वासैको पिलर भएको भएपनी टाउको लुकाउने झोपडी पनि।
अझै कति खोज्छौ महलको खुसी।सम्पन्न देशको व्यथा माथीलेखी सके अव हामीले सिकेर भौतिक सम्पन्नता वनाउन छ तर हाम्रो मौलिकता र सभ्यताको रक्षा गर्दै।
ठगेन्द्र प्र.न्यौपाने हाल काेरिया