नेपाली शैलीमा बनेको देउवङसा गुम्बा
नेपालमा हुँदा बैसाख १ अर्थात नयाँ बर्ष मनाउने हजार तरिका छन् । विदेशमा भएका नेपाली पनि नयाँ बर्षमा सके सम्म रमाइलो गर्छन् । नेपाली नयाँ बर्षको उपलक्ष्यमा दक्षिण कोरियामा रहेका नेपालीहरु पनि घुम्न निस्किए । कोरियाको उत्तरीभागमा रहेको रमाइलो देउवङ्सा गुम्बा घुमे । नेपाली शैलीमा बनेको गुम्बामा पुग्दा नेपालकै झल्को आउँछ । गुम्बामा नेपाली भिक्षु पनि छन् ।
दक्षिण कोरियाको सउलबाट झन्डै २ सय ५० किलोमिटर टाढा रहेको गुम्बामा टेम्पल स्टेको पनि छ । नेपालीे गाउँ घरमा चलेको होम स्टे झै हो दक्षिण कोरियाको टेम्पल स्टे । यस पटकको कुल गफगाफमा गोकुल थोकर र सिमा लामा पनि त्यही टोलीसँग नेपाली नयाँ बर्ष मनाउन पुगेका छन् ।
भिडियोको लागि