सउल नेपाल गुम्बा दक्षिण कोरियाले मे १२ बुद्ध जयन्ती मनाउने, नेपालबाट अाएका लामा गुरूहरूबाट प्रवचन हुने
सउल नेपाल गुम्बा दक्षिण कोरियाले “२५६३ औं बुद्ध जयन्ती” मे १२ तारिख आईतबार मनाउने भएको छ । सउल नेपाल गुम्बामै हुने कार्यक्रममा नेपालबाट अाएका धर्मगुरूहरूले प्रवचन दिनेछन् ।
कार्यक्रमका लागि नेपालबाट महाराजगंज निङमा कलेजका आचर्य लोपेन, शिछेन निङमा महायान बौध्द विहार गुम्वाको प्रमुख लामा धर्मगुरु अचार्य पेमा छिरीङ लामा र ह्योल्मो गुम्वा बौध्द तिनचुलीको प्रमुख लामा छेवाङ नोर्बुबाट बाैद्ध धर्म सम्बन्धी प्रवचन हुने सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए । यस कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली सघं-सस्थाका प्रतिनीधि, बुद्धिजिवी, व्यवसायी, बिद्यार्थी, पत्रकार, खेलाडी, राजनीतिज्ञ, विश्लेषक लगायत कोरियावासी दाजुभाइ दिदी बहिनीहरुलाई उपस्थितिका लागि सउल नेपाल गुम्बा व्यवस्थापन समिति अध्यक्ष दूधबहादुर लामाले अनुरोध गरे ।
सउल नेपाल गुम्बा र “नेपाल बुद्धिजम” ले आयोजना गरेको मे ५ तारिखका दिन जोग्येसा आगाडी हुने (문화마당)आ-आफ्नो देशको सांस्कृतिक तथा कला प्रदर्शनी (कल्चर एक्जिवेशन ) मा आफ्नो एक स्टल रहने जानकारी गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योञ्जनले बताए ।
उक्त कार्यक्रम सउल नेपाल गुम्बा गाङ्नाम, इलवान दोङ् मा दिउँसो २ बजे हुनेछ ।