Advertisement
SKIP THIS

मुस्लिम विरोधीहरुकै अगाडि हाँसेर फोटो खिचाएपछि महिला बनिन् भाइरल


गत आइतबार अमेरिकाको वासिङ्टनस्थित एक इस्लामिक सम्मेलनमा सहभागी हुन जाँदै गर्दा २४ वर्षीया साएमा इजमाइल मुसल्मान विरोधी बोर्ड समाएर उभिरहेका आक्रोशित प्रदर्शनकारीहरुका अगाडि पुगिन् । उनी र उनका साथी सो बाटो हिँड्दै गर्दा ती विरोधीहरुले उनीहरु नर्कमा जानेछन् भनि कराउँदै विरोध जनाइरहेका थिए । तर यसको प्रतिक्रियामा साएमाले उनीहरुकै अगाडि शान्तिको चिन्ह देखाएर हाँस्दै फोटो खिचाइन् जसबारे अहिले सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ भने इन्स्टाग्राममा हजारौँ मानिसहरु साएमाको समर्थनमा उत्रिरहेका छन् ।

सो अवस्थामा प्रदर्शनकारीहरुले पक्कै पनि साएमाबाट आक्रामक प्रतिक्रिया अपेक्षा गरेका थिए तर उनको विपरित व्यवहारले उनीहरु आश्चर्यमा परेका हुन् । उनी भन्छिन्, “म उनीहरुलाई आफ्नो हाँसो देखाउन चाहान्थेँ र मुसल्मान महिला भएकामा म कति खुसी छु भनेर जताउन र तिनकै सामु शिर उठाएर हिँड्न चाहान्थेँ ।”

यसरी उनीहरुको अपहेलना र घृणाका बावजुद आफूहरु सधैँ दयालु र आफ्नो धर्मप्रति समर्पित रहने अनि कट्टरताको सामना गर्न प्रेम फैलाउन पनि नछाड्ने उनले बताएकी हुन् । तर सामाजिक सञ्जालमा उनीबारे भइरहेको चर्चाप्रति उनका परिवारले भने अधिक चिन्ता व्यक्त गरिरहेको उनी बताउँछिन् । तापनि अहिलेसम्म आफूले कुनै धम्कीपूर्ण सन्दैश प्राप्त नगरेको उनको भनाइ छ ।

साएमाका अनुसार उनी लगायत हिजाब लगाउने अन्य थुप्रै मुसल्मान बस्ने क्षेत्र पछिल्लो समय असुरक्षित बन्दै गइरहेको छ र कतिपय अवस्थामा उनीहरु उत्पीडनको शिकार समेत हुनु परेको उनी बताउँछिन् ।

उनी सहभागी हुन गइरहेको सम्मेलन भने उत्तर अमेरिकामा इस्लाम धर्मको प्रचार गर्नका निम्ति आयोजित गरिएको थियो र त्यसमा उपस्थित हुन जाँदा ती प्रदर्शनकारीहरलाई दैनिक देख्ने गरेपनि उनले बेवास्ता गरी हिँड्ने गरेकी थिइन् । तरपनि उनले मनमनै तिनका बारेमा सोचिरहने गरेको बताइन् । यस्तोमा अर्को दिनपनि तिनीहरुलाई त्यसैगरी देख्न पाउँदा आफूलाई खुसी महसुस भएको र आफ्नो खुसी उनीहरुलाई देखाउन चाहेको उनी बताउँछिन् । उनले थप भनिन्, “उनीहरुले बाहिर विरोध गर्नुको सट्टा भित्रको सम्मेलनमा फैलिरहेको प्रेमलाई सुने हुन्थ्यो जस्तो मलाई लाग्छ ।”

उनले यसअघि २०१७ मा पनि मुसल्मान विरुद्ध प्रदर्शन गर्नेहरुका अगाडि तस्बिर खिचाएकी थिइन् । यसरी अबका नयाँ मुसल्मान पीढीहरुले सबैको हेलाका बावजुद आफ्नो धर्मलाई प्रेम गर्न नछाडुन् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...