किम्हेमा खुल्ला एकल नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

किम्हे सिस्टरहुड (Gimhae Sisterhood)ले आयाेजना गर्ने एकल नृत्य प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाेछ। यहि आउदो मे-१२ तारिख आइतबार नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हाे । “सय थरि बाजा एउटै ताल.. सयथरि गाेडा एउटै चाल” भन्ने मुल नारा सहित नयाँ बर्षको शुभकामना आदानप्रदानका साथमा विदेशी भुमिमा रहेर पनि आफ्नो प्रतिभाको प्रष्फुटनको साथसाथै नेपाली संस्कृतिको जगेर्ना गर्न यसको मूल उद्देश्य रहकाे आयाेजक समितिका अध्यक्ष सुजता बस्नेतले बताए। किम्हे बुसान वरपर रहनु भयका सम्पूर्ण कोरियावासी दाजुभाई दिदि बहिनिहरू ब्यापारी बुद्दिजीवी पत्रकार विद्यार्थी तथा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुमा उपस्थितिका लागि आयाेजक समितिका बरिष्ठ उपाध्यक्ष बिष्णु बन्जाडेले हार्दिक अनुरोध गरेका छन्। प्रतियोगितामा सहभागि हुने प्रतियोगिले नेपाली गीतमा नृत्य प्रदर्शन गर्नुपर्ने हुन्छ जुन एकल नृत्य हुने छ। पुरुष या महिला दुबैले सहभागी हुन पाउनेछन्।
आयाेजकले तयार गरेकाे प्रतियाेगिता सम्बन्धि नियम निम्न अनुसार रहेकाेछ।
प्रतियोगिले दर्ता शुल्क स्वरूप ५0,000 कोरियन वन बुझाउनुपर्ने हुन्छ र उत्कृष्ट ३ जनाले राखिएको आकर्षण नगद पुरस्कार पाउनेछन्।
#प्रथम पुरस्कार ३ लाख वन, दाेस्राे पुरस्कार २ लाख वन र तेश्राे पुरस्कार १ लाख वन र प्रशंसा पत्र
# नाम दर्ता गर्ने अन्तिम दिन: मे ५ तारिख
१.गीतको छनौट नेपाली हुनुपर्ने।
२.प्रतियोगीता २ भागमा विभाजित गरिएको छ।
३.पहिलो राउण्डमा आफ्नो विधाको कुनैपनि नृत्य छनौट गर्न सकिनेछ ।
४.दोश्रो राउण्डमा विपरीत विधाको नृत्य हुनुपर्नेछ।जस्तै: लोक वा सांस्कृतिक।
५.नृत्य अनुसारको पोशाकलाई ध्यानमा राख्नुपर्नेछ।
६.आफ्नो नृत्यको दुवैवटा गीत आयोजकलाई MAY 8 भित्रमा पठाईसक्नुपर्नेछ।
#नोट पहिलो राउण्डबाट छानिएका प्रतियोगीले मात्र दोश्रो प्रस्तुती दिएर बिजयी घोषित हुनेछन् ।
स्थान किम्हे मुन्ह्वा वन सेन्टर, समय बिहान ११ बजे देखि।