मजदुर माथीको बिभेद।

यो सुन्दर संसार श्रृङ्गार गर्ने मजदुर हरु नै हुन।मजदुर बिना मानब जीबनको कल्पना नगर्दा पनि हुन्छ भन्दा फरक नपर्ला। तर यो दलाल पुजीबादी बर्गिय अर्थ ब्यवस्थामा मजदुरमा बिभेद दमन शोषण उत्पीडन कायम नै छ। मजदुर र मालिक बिच नङ र मासु को सम्बन्ध हुनु नै पर्छ तर अन्तर द्वन्द पनि बराबर नै छ।
मजदुरहरुले आफ्नो पेशागत हक हित,अधिकार र सुरक्षाको लागी निरन्तर रुपमा संघर्ष गरिरहेका छन्। तर साहुको पक्ष लिएर कुनै पनि सरकारले निरन्तर बल प्रयोग गरेर नै मजदुर माथी दमन गरेको देखिन्छ ।
८घन्टा काम ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन को सिद्धान्तमा मजदुरहरुले संघर्ष गरिराखेका छन्। मजदुरका बिचमा लिङ्गको आधारमा अझै पनि बिभेद गरिएको छ। समान कामको लागी समान ज्यालाको निरन्तर माग गरेर मजदुर हरुले आन्दोलन संघर्ष गरिराख्नु परेकोछ। नेपालको सन्दर्भमा हेर्दा मजदुरलाई जातिय आधारमा पनि बिभेद गरिएकोछ। कामकै आधारमा अछुट बनाइएकोछ। कथित दलित जातिको श्रम सिप र रगत यौन चल्छ तर पानी चल्दैन। केहि सिप जानेका र सिप नजानेका मजदुर बिचमा पनि बिभेद छ। केहि शिक्षित दक्ष मजदुर र अशिक्षित अदक्ष मजदुर बीचमा बिभेद छ।
स्वदेशी र बिदेशी मजदुरको बिचमा बिभेद कायमनै छ। कोरियाकै हकमा पनि बिदेशी र स्वदेशी मजदुरका बिचमा बिभेद गरिएकोछ। बिदेशी कामदार पनि काम गर्ने अनुमति भएका मजदुर र अनुमति नभएका मजदुरमा पनि बिभेद गरिएकोछ। भिजा भाका र नभाका मजदुर बीचमा पनि बिभेद कायम नै छ। कोरियामै कृर्षि पशुपालन र मत्स्यमा काम गर्ने मजदुर र उत्पादन मुलक कारखानाका मजदुरका बीचमा सरकारले सरकारी नितिबाट नै बिभेद गरेकोछ।
स्वदेशी र बिदेशी कामदार बीचको बिभेद। कोरियामा बिदेशी कामदार जत्तिनै दक्ष भए पनि स्वदेशी कामदार र कम्पनि मालिकले तल्लो दर्जाको नजरले हेर्ने गरेकाछन्। बिदेशीहरु खान नपाएर नै काम गर्न आएका हुन भन्ने सोचाइ राख्दछन। बिशेष गरेर बिदेशी हरुलाई कामको प्रकृतिका आधारमा पनि बिभेद गरिएकोछ। गाह्रो,धुलो मैलो, केमिकल र खतरा काम बिदेशी मजदुरलाई लगाइन्छ। सेवा सुबिधामा पनि बिभेद गरिन्छ। जस्तो उस्तै काम गर्ने कोरियन नागरिक र बिदेशी नागरिक बीचमा ठुलो बिभेद छ। पर्बतका किशोर थापाले ट्वाइलेट बाथरुपमा टायल लगाउने सिपको काम गर्छन। सोही कामको ज्याला कोरियन नागरिकलाई दैनिक ३ लाख वन दिईन्छ भने नेपालीलाई २ लाख ५० हजार वन दिइन्छ।
कुनै चाडपर्बमा केहि रकम वा जिन्सी उपहारको रुपमा दिने गरिन्छ। त्यस्तो उपहार पनि फरक फरक दिईन्छ। कृर्षि पशुपालन र मत्स्यमा काम गर्ने मजदुर लाई सेवा सुबिधामा ठुलो बिभेद गरिएकोछ। उनीहरुले दैनिक प्राय १२ घन्टा काम गर्नु पर्ने हुन्छ। तलब १६।१७ लाख वन मात्र दिईन्छ। जब कि ८ घन्टा कामको न्युनतम ब्यासिक तलब पनि १७ लाख वन पुगिसकेको छ। खाना समेत आफै ब्यवस्था गर्नु पर्ने।बिदा महिनामा प्राय २ दिन दिने,कुनै स्वास्थय दुर्घटना बिमा पनि गरिएको हुदैन। कतिपय फर्महरुले एक बर्ष काम गरे पछि एक महिनाको तलब बराबरको रकम दिइने थेजीकम दिदैनन्। थेजिकम दिनु पर्छ भनेर पहिले निकाल्ने गर्छन।
उत्पादन मुलक कम्पनिमा काम गर्ने मजदुरले कृर्षि पशुपालन फर्ममा भन्दा केहि बढि सेवा सुबिधा पाएका हुन्छन्।८ घन्टाको ब्यासिक काम र तलब हुन्छ। त्यो भन्दा बढि गरेमा ओभरटाइमको पैसा १.५ गुनाले दिईन्छ। सनिबार आइतबार हप्तामा २ दिन बिदा हुन्छ। कतिपय कम्पनीमा रातो बिदा दिइन्छ। बिदामा काम गरेको ओभर टाइमले पैसा दिने गरिन्छ। त्यस्तै स्वास्थ्य बिमा, दुर्घटना बिमा र थेजीकम पनि दिने गरिन्छ। कुनै कम्पनी फर्म हरुमा काम गाह्रो भयो, कुनै कारण बस कम्पनीमा काम गर्न मन परेन भने पनि साहुको अनुमति बिना कम्पनि परिबर्तन गर्न सक्दैनन् इपिएस कामदारले।
कोरियामा रहेको नेपाली दुताबासले समेत नेपाली श्रमिक माथी पनि बिभेद गरेको समाचार बाहिर आएकै छ। भीजा नभएका नेपाली नागरिकको नेपाली पासपोर्ट र अन्य डकुमेन्ट नबनाइदिने, भिजा नभएको नेपाली नागरिकको इन्सोरेन्स हुदैन। त्यस्ता नागरिक बिरामी भएमा ठुलो रकम खर्च हुने गरेको छ । अझै मृत्यु भएमा लाश समेत नेपाल पठाउन करिब ५ हजार डलर रकम चाहिन्छ। यस्तो कुरामा नेपाली राजदुताबासले कुनै पहल गर्दैन। ठुला खर्च लाग्ने बिरामीलाइ अस्पताल बाट निकाल्न र कुनै अबैधानिक ब्यक्तिको मृत्य भएमा निजको लाशलाइ नेपाल पठाउन वा यहि कोरियामा दाहसंस्कार गर्नको लागी नेपाली समुदायले रकम संकलन गरेर सहयोग गरेको देखिन्छ। यस्ता समस्यामा रहेका आफ्ना नागरिकलाइ संरक्षण गर्ने दायित्व संम्बन्धित देशको सरकारको हुनु पर्ने हो त्यो देखिदैन।
जब सम्म यस्ता बिभेद रहन्छ तब सम्म आन्दोलन र संघर्ष निरन्तर रुपमा जारी नै रहन्छ। साहु सरकार र मजदुरको बिचको अन्तर द्वन्द बढेर नै जान्छ। प्रवाशी मजदुरहरुको हक हित र अधिकारको लागी आवाज उठाउन, संघर्ष गर्न, मजदुरलाइ सचेत र संगठित गर्न प्रवाशी मजदुर संगठन एम टि यू स्थापित र सक्रिय रुपमा क्रियाशिल छ। जसले निरन्तर रुपमा मजदुरको पक्षमा आन्दोलन गर्दै आएकोछ। करिब ३ लाख अबैधानिक प्रवाशी श्रमिकको श्रम र शिप बैधानिक हुने। मेड इन कोरिया ब्राण्ड हुने तर उसको स्टाटस अबैधानिक हुने। “अबैधानिक मजदुर लाइ बैधानिक गर। धरपकड बन्द गर, इपिस खारेज गरि वर्क परमिट सिस्टम लागु गर।” भनेर एम टि युले निरन्तर संघर्ष गरेको देखिन्छ।