आदिबासी जनजाति महासंघ वुशान शाखाको अधिवेशन सम्पन्न अध्यक्षमा मिलन सोजे राई निर्वाचित
नेपाल आदिबासी जनजाति महासंघ, ख्याङसानाम्दो बुसान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी भएको अधिवेशनबाट अध्यक्षमा मिलन सोजे राई निर्वाचित भएका छन् ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा खगेन्द्र पालुङ्वा लिम्बू, उपाध्यक्षहरुमा दिप थापामगर, रण तामाङ र परी गुरुङ रहेका छन् । महासचिवमा राम तामाङ, सचिबहरुमा सन्जोग कन्दङ्वा र सन्त तामाङ निर्वाचित भएका छन् । कार्यसमितिको कोषाध्यक्षमा राज तामाङ रहेका छन् भने सदस्यमा विक्रम गुरुङ निर्वाचित भएका छन् । वाँकी पदाधिकारी कार्यसमितिकाे बैठकले मनाेनयन गर्नेछ ।
नव निर्वाचित कार्यसमितिले संस्थाको विधानमा रहेर बुसान क्षेत्रमा रहेका जातिय संस्थाहरुलाई समेट्दै हाम्रा हक, हित र अधिकारका क्षेत्रमा निरन्तर लाग्दै हाम्रा मौलिक चाड पर्व, कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण विकास प्रवर्धनका लागि विशेष भुमिका खेल्दै संस्थालाई अघि बढाउने जनजाति महासंघ वुसान शाखाले प्रतिबद्धता जनाएको छ ।