नेपाली सामुदायिक समिति ख्वाङ्जुको तेश्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा अरुण क्षेत्री


ख्वाङ्जुमा रहेको नेपालीहरुको साझा सस्था ‘नेपाली सामुदायिक समिती ख्वाङ्जु’ ले चौथो कार्यकालका लागि नयाँ कार्यसमितिको चयन गर्दै तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।  यहि मे १२ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको तेस्रो साधारण सभाले अरुण क्षेत्रीलाइ चौथो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै १५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ।

निबर्तमान अध्यक्ष नवीन राइको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित उल्लेख्य रुपमा नेपालीहरुको उपस्थित रहेको थियो । नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रलाई राजु श्री ले सन्चालन गरेका थिए भने प्रमुख अथितिको रुपमा आप्रबाशी सेवा केन्द्रका प्रमुख इ जु सङ रहेका थिए ।

साथै समितिका पुर्ब पदाधिकारीहरु र अन्य संघ सस्थाका प्रतिनिधिहरु अतिथी रहेका थिए ।कार्यक्रममा बिएमके बिबशले शुभकामना मन्तव्य राख्दै समितिलाइ अझ शसक्त बनाउन लागि पर्ने बताए ।पुर्ब अध्यक्ष सन्तोष पराजुलीले नयाँ कार्य समितीलाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दै सबैसग हातेमालो गरेर समितिलाइ नया उचाइमा पुर्याउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा समितिका सह-सचिब देबीराम गिरिले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाको प्रगती को बारेमा छोटकरीमा बताए ।समितिका कोषाध्यक्ष गुरुदत्त पराजुलीले तेश्रो कार्यकालको आर्थिक प्रतिबेदन पेश गरे । समिती स्थापना कालदेखी निरन्तर सहयोग गर्दै आएका वरिष्ठ उपाध्यक्ष रामचन्द्र बरालले परिस्थितिलाई आकलन गर्दै अब नयाँ शिराबाट समिती सन्चालन गरिने बताए ।

झन्डै ७ बर्ष अघि स्थापना भएको नेपाली सामुदायिक समिति ख्वाङ्जुमा रहेका नेपालीहरु माझ लोकप्रिय सस्था हो ।यसले नेपाल लगायत कोरियामा दुख सुख मा परेका नेपालीहरुलाई निस्वार्थ भावनाले सहयोग गर्दै आइरहेको छ । कोरियामा काम छोडेर बसेका नेपालीहरुका लागि नेपाली सामुदायिक समितिले बिगत लामो समय देखि सेल्टर समेत सन्चालन गर्दै आइरहेको छ ।

 

समितिको अध्यक्षमा : अरुण क्षेत्री, वरिष्ठ उपाध्यक्ष : रामचन्द्र बराल, उपाध्यक्ष : देबीराम गिरि, उपाध्यक्ष : भक्ती ओडारी, महिला उपाध्यक्ष : गङ्गा लामा लायो, सचिब : धुर्ब नेपाल, सह-सबिच : बालकृष्ण पौडेल, कोषाध्यक्ष : गुरुदत्त पराजुली रहेका छन् । त्यसैगरी  सदस्यहरुमा : केशब पुलामी,सुशील घिसिङ,प्रेम क्षेत्री,रोशन भुसाल,रोज लायो ,शुशान्त तिवारी,सङगम सिलबाल,हरिराम भन्डारी,रेशम लम्साल ,रबिन तामाङ रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...