प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया छन्जुको अध्यक्षमा लोकेन्द्र चन्द
मे १२ मा नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाको छन्जु क्षेत्रको एकिकरण भेला सम्पन्न भएको छ। उक्त भेला केन्द्रिय कार्यदलको सदस्य ठगेन्द्र न्यौपानेको अध्यक्षता, केन्द्रिय अध्यक्ष परशुराम सपकोटाको प्रमुख अतिथि तथा चुडमणी अधिकारीको समन्वयमा सम्पन्न भएको थियो।
एकिकरण भेलाबाट अध्यक्षमा लोकेन्द्र चन्द, उपाध्यक्षयमा अंकित कार्की, दिपेन्द्र सिंह यसै गरी सचिवमा नरेन गुरुङ, सहसचिवमा जनक क्षेत्री र कोषाध्यक्षमा यादव रायामाझी चयन भएका छन् । यसै गरी कमिटीको सदस्यहरुमा नारायण तिमिल्सिना, अनिल टण्डन, बिपिन भट्ट, तेज लामा, माधव राज थपलिया र यम श्रेष्ठ चयन भएका हुन् । यस्तै सल्लाहकारहरुमा निर्मल बेलबासे, अमृत बाँस्तोला, राजु अधिकारी, तारा ज्ञावाली र अमर बिक रहेका छन् ।