किम्हेमा एकल नृत्य प्रतियाेगिता सम्पन्न


“सयथरी बाजा एउटै ताल.. सयथरी गोडा एउटै चाल” भन्ने मूल नाराका साथ गिम्हे सिस्टरहुडले गत आइतबार मे १२ का दिन दक्षिण कोरियाको खिम्हे शहरमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ।

नव वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथसाथै नयाँ प्रतिभाको खोजी गर्दै सबै नेपालीहरू बिचको ऐक्यबध्दतालाई अझ बलियो पार्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको किम्हे सिस्टर हुडकी अध्यक्ष सुजता बस्नेतले जनाएकि छन्।प्रतियोगितामा  १५ जना प्रतिष्पर्धीले भाग लिएका थिए ।

सिस्टरहुडकी अध्यक्ष सुजाता बस्नेतको सभापतित्वमा आयोजित उक्त कायक्रममा प्रमुख अतिथि एन.आर.एन.ए एशिया प्यासिफिक क्षेत्रिय महिला संयोजक जुनु गुरूङ रहेका थिए।

२ राउण्ड सम्म भएको जोडदार प्रतिष्पर्धामा विभिन्न संघ संस्थाहरूको प्रतिनिधित्व गर्दै आएका सहभागीहरू मध्ये जुलिफा तामाङ्(तामाङ् समाज)ले उत्कृष्ट नृत्य प्रदर्शन गरी प्रथम स्थान,सुजाता लामा(स्याङ्जा समाज) द्वितिय र रामु मगर(मगर संघ) ले तेश्रो पुरस्कार हात पारेका थिए।

बिरेन्द्र नौभाग्य(डान्सर/मोडल/म्यूजिक भिडियो निर्देशक), सन्जीव राई (मोडल/ म्यूजिक भिडियो निर्देशक), कर्ण गुरूङ्ग( डान्सर तथा साँस्कृतिक विभाग प्रमुख, गुरूङ्ग समाज )र आयोजक टिमका तर्फबाट डान्सर नानुमाया तामाङ्ग  निर्णायक मण्डलमा रहेका  थिए।

उत्कृष्ट तीन जना प्रतियाेगीलाई क्रमश:३०००००,२००००० र १००००० वन नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

२०१८ मा स्थापना भएको यस संस्थाले विदेशी भूमिमा रहेर पनि नेपाली कला र संस्कृतीलाई जगेर्ना गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधी राख्ने मूल उद्देश्य राखेको छ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...