Advertisement
SKIP THIS

चीनका राष्ट्रपतिले भने–आफ्नो सभ्यता मात्रै उचो भन्नु मूर्खता


चीनका राष्ट्रपति सी जिनफिङले कुनैपनि सभ्यता वा जात अरु भन्दा उचो भएको विश्वास गर्नु मूर्खतापूर्ण हुने बताएका छन् । उनले सबैको उत्तिकै महत्व हुने प्रसंगमा सो कुरा बताएका हुन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएअनुसार केहीबेर अघि चीनको राजधानी बेइजिङमा ‘कन्फेरेन्स अन डायलग अफ एशियन सिभिलाइजेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपतिले त्यस खालको धारणा राखेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले एशियाका मानिसहरु डरबाट मुक्त, आपसी भलाइ र संयुक्त रुपमा शान्तिको स्थापना गर्न चाहन्छन् भन्दै त्यो सुन भन्दा पनि महत्वपूर्ण रहेको समेत बताए ।

सिभिलाइजेसन (सभ्यता) कुनैपनि देश बाँकी विश्वबाट पछाडि परेमा हराउने अवस्था आउने जनाउँदै साझा चुनौती सामना गर्नका लागि र उज्ज्वल भविश्यतर्फ जान आर्थिक र प्रविधिजन्य शक्ति मात्रै होइन साँस्कृतिक सभ्यता पनि चाहिने उनले बताए । २ हजार भन्दा बढी एशियाका सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सो कार्यक्रममा सहभागिता रहेको जनाइएको छ ।

नेपालबाट पनि सो कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि समेत सहभागी रहेको कार्यक्रममा सहभागी एक नेपाली प्रतिनिधिले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...