छाङवन विदेशी परामर्श केन्द्रले मे १९ मा अन्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम गर्ने
इपिएस मार्फत कोरिया आएका विभिन्न देशका सहभागितामा हुने “2019 Gyeongnam Together Day” यस पटक मे १९ आइताबार हुने भएको छ । छाङवान विदेशी परामर्श केन्द्रको आयोजनामा हुने कार्यक्रममा नेपाल लगायत इपिएस मार्फत कोरियामा रहेका सबै देश सहभागि हुनेछन् ।
आइतबार बिहान ११ बजे सुरु भएर दिउँसो ४ बजे सम्म संचालन हुने कार्यक्रममा विभिन्न देशको खानाको परिकार, संस्कृतिक प्रदर्शनी, कोरियाको के पप र ट्यालेन्ट शो, चिट्ठा कार्यक्रम र फ्रिमा स्वास्थ्य परिक्षण पनि हुनेछ ।
‘फरक फरक देशको कला संस्कृति एकै ठाउँमा हेर्न पाइन्छ । हाम्रो देश नेपालको पनि कार्यक्रम छ । समय हुने साथीभाइ कार्यक्रममा आएर सहभागी हुन अनुरोध गर्छु ।’ छाङवन विदेशी परामर्श केन्द्रकी स्नेहा लामाले भनिन् । ‘यो संस्कृतिक आदान प्रदान कार्यक्रम जस्तो हाम्रो प्रस्तुति अरुलाई देखाउने उनीहरुको हामीले हेर्ने । रमाइलो र संस्कृतिक ज्ञान हुन्छ । त्यसैले पनि सहभागी हुनु पर्छ ।’ उनले थपिन् ।
कार्यक्रम 경남도청 신광 대강당 हुनेछ ।