दक्षिण कोरियामा बुद्ध जयन्तीको अबसरमा भएको ‘लोटस ल्यान्टर्न फेस्टिवल’
नेपालमा बुद्ध जन्मेको भनेर नथाक्ने हामी नेपाली बुद्ध जयन्तीलाई फेसबुकमै सिमित राख्छौ । न त बुद्धका ज्ञानका कुरा गर्छौ न त बुद्ध जयन्ती नै राम्रोसँग मनाउँछौ । तर दक्षिण कोरियाको तरिका अलि फरक छ । धेरै कोरियन बुद्ध धर्म मान्दैनन् तर पनि बर्षेनी बुद्धजयन्ती भब्यताका साथ मनाइन्छ । सउलको जोगेशा गुम्बामा देशै भरिका कोरियन जम्मा हुन्छन् । विश्व भरिबाट लाखौ मानिसहरु भेला हुन्छन् ।
राजधानी सउलको मुख्य मुख्य सहर परिक्रमा गर्दै विश्व शान्तिको कामना गरिन्छ । लोटस ल्यान्टर्न फेस्टिवलका रुपमा चर्चित यो कार्यक्रम मे ५ मा भएको थियो । विश्वका २० भन्दा बढि देश सहभागी भएको यो कार्यक्रममा नेपालीहरु पनि सहभागी थिए । यस पटकको Cool Gafgaaf मा लोट्स ल्यान्टर्न फेस्टिवलका रमाइला झाँकीहरु ।