छोरीचेलीहरुको सम्मानमा भएको रिं च्हमी कैं कार्यक्रम २०१९ सम्पन्न


तमूस्यो छोरीचेलीहरुको सम्मान सहित तमू धीं दक्षिण कोरियाले च्हमी कैं (चेलिबेटी भोज) कार्यक्रम २०१९ सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रम सउलमा भएको थियो भने केन्द्रीय अध्यक्ष जीत गुरुङले सभापतित्व ग्रहण गरेका थिए ।

आफ्नो हक र अधिकारको लागि सम्पूर्ण तमू(गुरुङ)हरु एक होऔं । मौलिक संस्कार, संस्कृति र पराम्पराको संरक्षण र संबर्द्वन गरौ । भन्ने नारा सहित तमूहरुको मौलिक चाड मध्येको एक बैशाख पुर्णिमा अर्थात् बुद्द जयन्तीको अबसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक भिम गुरुङ रहेका थिए । बिशेष अतिथिहरुमा एन.आर.ए.एसिया प्यासिफिक महिला उपसंयोजक जुनु गुरुङ र संस्थाका भू.पु.सचिव लोक बहादुर गुरुङ रहेका थिए । अन्य अतिथीहरुमा लिना गुरुङ, विपिन गुरुङ, सुरज गुरुङ, प्रदिप गुरुङ, धर्म गुरुङ, भिम गुरुङ, प्रितम गुरुङ, युवराज गुरुङ, श्रीराम गुरुङ, सबिन गुरुङ, तुलश गुरुङ, टेक गुरुङ,विपना गुरुङ, शान्ति गुरुङ, भावना गुरुङ र दल गुरुङ रहेका थिए ।

संस्थाका केन्द्रिय सदस्य सबिन गुरुङको स्वागत मन्तव्यबाट शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि भिम गुरुङले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

तमूहरुको संस्कार र संस्कृतिको जगेर्ना र भावी पुस्तामाझ दिगो बनाउने उद्देश्य सहित तमूहरुको पराम्परा अनुसार छोरीचेलीहरुको तर्फबाट बाबामाईती एवं दाजुभाईहरुको लागि कोशेली स्वरुप सेलरोटी, रक्सी, फलफुल र ढाकाटोपी दिएका थिए । बाबामाईती र दाजुभाईहरुको तर्फबाट सम्पूर्ण छोरीचेलीहरुको लागि सम्मान र मायाको कोशेली स्वरुप पछ्यौरी उपहार दिएका थिए ।

यसैगरि बाबामाईती एवं दाजुभाईको तर्फबाट छोरीचेली र सम्पूर्ण पाहुनाहरुलागि विभिन्न नेपाली परिकारहरु तयार गरिएको थियो भने उक्त खानपिन कार्यक्रम पश्चात् विभिन्न गुरुङ तथा नेपाली मौलिक गीतसंगीतमा रोधींको झझल्को मेटाउने खालको रमाईलो नाचगान कार्यक्रमहरु भएको थियो ।

कार्यक्रमका अतिथि एवं संस्थाका सल्लाहकार सुरज गुरुङले शुभकामना मन्तव्यका क्रममा कार्यक्रमको पृष्ठ अर्थात मौलिक पराम्परा रिं च्हमी कैं कार्यक्रमको बारेमा भनाई राख्दै
नेपालको विभिन्न ठाउंमा बसोबास गर्ने तमू जातिहरुले आफ्नो ठाउं विशेष अनुकुल विभिन्न फरक तिथिमा पराई घरमा विवाह भएर जाने छोरीचेलीहरुलाई माईतीमा बोलाएर विभिन्न मिठामिठा खानाका परिकारहरु खुवाउने र विभिन्न तितामिठा गफहरु गरेर माईती र चेलीबीचको आत्मीयता बढाउने पर्व भएको बताएका थिए ।
छोरीचेलीहरुको तर्फबाट संस्थाकी सल्लाहकार लिना गुरुङले आफ्नो मौलिक भाषा तमू क्युईमा मन्तव्य राख्दै आयोजक र सम्पूर्ण बाबामाईतीहरुको लागि सम्पूर्ण छोरीचेलीहरुको तर्फबाच धन्यवाद व्यक्त गरेकी थिइन । स्वदेशमै आफ्नै माईतीमा रहेको अनुभूति दिलाएको भनी खुसी व्यक्त गरिन् ।
यसै गरि कार्यक्रमका बिशेष अतिथि लोक बहादुर गुरुङले आफ्नो शुभकामना मन्तव्य राख्दै आफू केहि समयको भ्रमणको शिलशिलामा कोरियाको आएको मौकामा यसरी सबैसंग लामो समय पछि भेट भएर छोरीचेलीहरुलाई सम्मान गर्न पाउंदा खुसी अनुभूति भएको र तमूहरुले जुनसुकै अवस्थामा र संसारको जुनसुकै कुनामा रहेपनि तमूहरुको संस्कार ,संस्कृति र पराम्परालाई भुल्नुहुदैंन भन्ने धारणा राखे ।

कार्यक्रममा संस्थाको रिक्त पद संगठन सचिव पदमा कार्यसमिति सदस्य तुरन गुरुङलाई राखिएको छ । कार्यक्रमका सभापति संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा तमूहरुको मौलिक संस्कार, संस्कृति, पराम्परा,भेषभूषा,चालचलन,भाषा ईत्यादिलाई संरक्षण र संबर्द्वन गर्दै तमूहरुको एकता र दुखस्सुखमा संस्था प्रतिबद्द भएर अघि बढ्ने भनाई राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...