नागार्जुन गुम्बाले मनायाे २५६३ अाैं बुद्ध जयन्ती
दक्षिण काेरियामा रहेका पुरानाे गुम्बा नागार्जुन गुम्बाले २५६३ अाैं बुद्ध जयन्ती मनाएकाे छ । अाइतबार भएकाे कार्यक्रममा नेपालीहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
बिहान १० बजे देखि सुरू भएकाे पुजापाठ झन्डै तीन घन्टा चलेकाे थियाे । त्यस पछि अाैपचारिक कार्यक्रम भएकाे थियाे जसलाइ नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा, एनअारएन काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङ, नेपाल अादिवासी जनजाति महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पा, नेपाल तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइवा लगाएतले सम्बाेधन गरेका थिए ।
गुम्बाले हरेक बर्ष बुद्ध जयन्ती मनाउदै आएको छ ।