Advertisement
SKIP THIS

दुबै हात नभए पनि खुट्टाले प्लेन चलाउने जेसीका कक्स


एरिजोनाकी जेसीका कक्स हातबिना जन्मिएकी थिइन् । त्यसैले अहिले उनका लागि विमान अवतरण गर्नु अगाडि दाहिने खुट्टा योकमा राख्नु र बायाँ थ्रोटलमा राख्नु प्राकृतिक भइसकेको छ । उनी भन्छिन्, “अरुले विमान उडाउँदा जे काम हातले गर्छन् त्यसलाई मैले खुट्टाले प्रतिस्थापन गरिरहेको छु ।” यसरी तीन दशकपछि पनि उनको यस्तो शारीरिक समस्याको रहस्य खुलेको छैन । उनी भन्छिन्, “मेरी आमाको गर्भावस्था साधारण थियो । तर म जन्मिएको दिन डाक्टरले अचानक मेरो हात छैन भनेपछि मेरी आमालाई धेरै ठूलो झट्का लागेको थियो ।”
यसबाहेक उनको शारीरिक र मानसिक विकासमा कहिल्यै कुनै अवरोध नआएको उनी बताउँछिन् जसका लागि उनले आफ्नो परिवारको साथ, समर्थन र हौसलालाई श्रेय दिएकी छन् । उनले भनिन्, “परिवारले नै मलाई बाहिर निस्किन, आफैँ प्रयास गर्न र स्वतन्त्र हुन प्रोत्साहित रहिरहन मद्दत गरेको हो ।”
तरपनि विमान उडाउने विषय कक्सका लागि कुनैसमय भयानक सपना जस्तो थियो । उनी भन्छिन्, “बाल्यकालमा म हरेकपटक विमान मार्फत यात्रा गर्दा सधैँ भगवानसँग हामीलाई सकुशल पुर्याउन प्रार्थना गर्ने गर्दथेँ ।”

तर एकपटकको सानो उडानले उनको मन र जीवनमा समेत ठूलो परिवर्तन ल्यायो । “पाइलटले अचानक मलाई विमानका अगाडि ल्याए । सो विमान दुईजनाले नियन्त्रण गर्न मिल्ने किसिमको थियो । यस्तोमा उनले कन्ट्रोलबाट आफ्नो हात हटाए र मलाई उडाउन दिए । त्यसैले हामीले कुनै कुरासँग जतिसुकै डर लागेपनि हामीले त्यसको डटेर सामना गर्न जरुरी छ,” उनले भनिन् ।
यसरी २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट स्नातक उत्तीर्ण भएपनि उनले पाइलट बन्नका लागि प्रशिक्षण लिन सुरु गरेकी हुन् । तर त्यो सहज थिएन किनकी यसका लागि उनलाई अत्यन्तै समर्पित उडान प्रशिक्षक आवश्यक थियो । उनले भनिन्, “मलाई यसमा मद्दत गर्न थुप्रै प्रशिक्षक र योगदानकर्ताहरुको भूमिका छ । विभिन्न ट्रायल र थुप्रै गल्तीपछि तीन वर्षमा मात्र हामीले कसरी काम गर्न सकिन्छ भन्ने अन्दाज लगाउन सकेका हौँ ।”
यसका साथै उनको क्षमतासँग अनुकूल उपयुक्त विमानको छनौट गर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण थिया । उनले भनिन्, “मैले मेरो कम्प्युटरको पछाडि एउटा विमानको तस्बिर राखेको थिएँ र मलाई याद छ म त्यो विमानलाई हेरिरहन्थेँ । अहिले म त्यही विमानकी मान्यता प्राप्त चालक भएकी छु । तर अफ्ठ्यारा क्षणहरुमा सो तस्बिर त्यहाँबाट निकालेर कल्पना गर्दैगर्दा मलाई त्यो पूरा हुन्छ भन्नेमा शंका थियो किनकी त्यस समय म वास्तविकताबाट धेरै टाढा थिएँ तर अहिले मैले यसलाई साँच्चिकैमा परिणत गरिसकेको छु ।”
२००८ मा मात्र कक्सलाई संघीय उडड्यन विभागले युरोपसम्म उडान भर्न आधिकारिक अनुमति दियो । यसबीच धेरै प्रश्नहरु खडा भएको, धेरै चिन्ता जनाइएको र धेरैले यो सम्भव भएकाबारे शंका व्यक्त गरेको उनले बताइन् । तर उनले अन्त्यसम्म हार नमानि आफ्नो सपना पूरा गरेको उनी बताउँछिन् ।
शारीरिक समस्या भएपनि कक्सको बाल्यकाल साधारण नै थियो । उनी सामान्य विद्यालय जान्थिन् भने अतिरिक्त क्रियाकलापहरुमा एकदमै सक्रिय रुपमा सहभागी हुन्थिन् ।
यसरी ट्याप डान्सदेखि तेक्वान्दो, पौडी, स्काउट, पियानो बजाउने, लगायत सबै कक्षामा सहभागी हुने हुँदा प्रत्येक दिन स्कुल सकिएपछि पनि उनी व्यस्त हुने गर्थिन् । तर कतिपय अवस्थामा अरु भन्दा फरक भएका कारण अनावश्यक ध्यानाकर्षणको सामना गर्नुपर्ने उनले बताइन् । उनी भन्छिन्, “म धेरै कुरा सामान्य रुपमा गर्न चाहान्थेँ तर मलाई अधिकांश समय मैले गर्न सक्दिनँ वा म अशक्त हुँ भनेर भनिन्थ्यो । मलाई ‘अशक्त’ भन्ने शब्दसँग एकदमै घृणा थियो ।”
यसरी कक्सलाई प्रोस्थेटिक हातहरु चलाउन सिकाइएपनि उनलाई त्यसको अप्राकृतिक अनुभव मन परेन । उनी भन्छिन्, “सुरुवातदेखि नै त्यससँग मेरो राम्रो सम्बन्ध रहेन । मलाई मेरो खुट्टा नै धेरै ठीक छ जस्तो लाग्थ्यो ।”
र, वास्तवमै उनको खुट्टाले उनको सफलतामा ठूलो साथ दिएको छ । अहिले उनी पाइलट मत्र नभएर मान्यता प्राप्त स्कुभा डाइभर र तेकवान्दोकी थर्ड–डिग्री ब्ल्याक बेल्ट हुन् पनि हुन् र साथै गाडी पनि मजाले चलाउँछिन् । हालसम्म उनले प्रेरणादायक सन्देश दिन वक्ताका रुपमा २० वटा भन्दा धेरै देशहरु भ्रमण गरिसकेकी छन् ।
उनले फेरि भनिन्, “अवस्य मैले यसबारेमा धेरैपटक सोचेकी छु कि यदि म हात सहित जन्मिएको भए मेरो जीवन अर्कै हुने थियो । तरपनि मलाई मेरो अहिलेको जीवनशैली नै अत्यन्तै शक्तिशाली छ जस्तो लाग्छ । यसले अरु मानिसहरुमा अत्याधिक प्रभाव पार्ने गरेको छ । वास्वतमा मेरा थुप्रै रोल मोडलहरु थिए र अहिले म उनीहरुले देखएको बाटोमा हिँडिरहेको हुँदा ममा पनि आगामी पीढीका लागि प्रेरणाको पात्र बन्ने जिम्मेवारी थपिएको छ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...