मे २६ मा “१४ औं आप्रवासी सांस्कृतिक महोत्सव”, निशुल्क स्वास्थ्य शिविर पनि
सउल । प्रत्येक बर्ष झै यो बर्ष पनि “आप्रवासी सांस्कृतिक महोत्सव” को अयोजना हुने भएको छ । छान्दोङ्सा गुम्बाले कोरियाको बसन्त ऋतुको समय पारेर मे २६ तरिख आइतबारका दिन उक्त महोत्सव गर्न लागेको हो । कार्यक्रम इन्छन खाङ्ह्वा स्थित छन्दोङ्सा गुम्बामा हुनेछ ।
“१४ औं आप्रवासी सांस्कृतिक महोत्सव” कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर पनि हुने जानकारी आयोजकले दिएको छ । जहाँ, उपस्थित सबैले आर्थोपेडिक, घरेलु आयुर्वेदिक औषधी उपाचार, युरोलोजी, आँखा सम्बन्धि समस्य, पैतालको मालिश लगायतको उपचार तथा परामर्श लिन पाउनेछ । साथै परम्परागत विवाह समारोह, फोटो बनाउने, बुफे शैलीमा खानाको परिकार बनाउने तरिका तथा विभिन्न देशहरूको कला, संस्कृतिक प्रदर्शनी समेत हुने आयोजकले बताएको छ ।
कार्यक्रम स्थलमा जानको लागी दोङदेमुनबाट बसको व्यवस्था पनि गरेको छ । कार्यक्रममा उपस्थिति जनाइदिनुहुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।