बुसानमा अगस्ट ३ मा डान्स पार्टी हुने
दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु आबासिय गृह (सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक “समर डान्स पार्टी” गर्ने भएको छ । स्थापना कालदेखी नै सामाजिक कार्य सँगै बिबिध मनोरंजनात्मक कार्य गर्दै अाएकाे सेवारो मेडिया प्रालिको आयोजनामा अगस्ट ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि हुनेछ ।
कार्यक्रमको सम्पूर्ण जानकारीको लागि केहि दिन पछी सार्बजनिक गरिने सेल्टर संयोजक तथा कियाचु बुसान शाखाका अध्यक्ष किरण कन्दङवाले बताए । डान्स पार्टी धेरैलाइ ठीक हुने समयमा र स्थानमा गर्न लागिएको छाै । किम्हे बुसान लगायत दक्षिण कोरियाको दक्षिण भू-भागमा रहेर पायक पर्ने सबै दाजु भाइ दिदीबहिनी र संघ-सस्थाका प्रतिनिधिहरू सहभागी भएर सामाजिक सहयोग गरिदिन अाग्रह गर्छु । अध्यक्षा कन्दङवाले भने ।