कोरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाउने


आगामी जुन ९ तारिक आइतबार सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” मनाउने भएको छ ।

२०६३ साल जेठ २१ गते तत्कालीन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको रुपमा मनाउने गरिएको छ । यसै सन्दर्भमा “जातीय छुवाछूत तथा विभेद विरुद्धको अभियान” मुख्य उदेश्य लिएर दक्षिण कोरियामा स्थापना भएको सशक्त दलित एकता समाजले पनि उक्त दिवस मनाउन लागेको हो ।

दिवसको अवसरमा “अन्तरक्रियात्मक छलफल” कार्यक्रम र “बहस कार्यक्रम सवाल समानताको” गरि दुई चरणमा कार्यक्रम संचालन हुने जानकारी समाजले दिएको छ । उक्त कार्यक्रमका लागि नेपाल एम्बेस्सीका प्रतिनिधि, कोरियामा रहेका समाजसेवी, बुद्धिजीवी ,राजनीतिज्ञ, सामाजिक अभियान्ता लगायत जातीय तथा क्षेत्रीय संघसंस्थालाई समेत निमन्त्रणा गरिएको जानकारी समाजका महासचिव अर्जुन परियारले दिएका छन् ।

दलितहरुमाथि गरिदै आएको अमानविय भेदभाव तथा छुवाछूत अन्त्य गर्नका लागि राज्यले थुप्रै कानुन निर्माण गरेको छ । यद्यपि कार्यान्यवन पक्ष फितलो हुदा अझै पनि समाजमा यस्ता घट्नामा कमी आएको छैन । यस्तो अवस्थालाई कसरी चिर्न सकिन्छ त भन्ने सवालमा रोजगारी तथा अन्य सिलसिलामा दक्षिण कोरिया भित्रिएका दलित समुदायका युवाहरुले उक्त कार्यक्रम गर्न लागेले भन्दै महासचिव परियारले भने “यस अभियानमा आफ्नो ठाउँ र क्षेत्रबाट सहयोग गर्न सबैलाई आव्हान गर्न चाहन्छु । आशा छ सबैले साथ र सहयोग गर्नुहुनेछ ।”

कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलको दोङ्देमुनमा रहेको नेपाल हाउसमा हुने छ ।

कार्यक्रम हुने स्थान र समय
मिति – 2019 june 9 तारिक आइतबार
समय – बिहान 11 बजे बाट सुरु
स्थान – नेपाल हाउस दोङ्म्यो स्टेसन गेट न. 4
सम्पर्क – 01068570817/01089703511/ 01068570817

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...