ओएनयुएफ सउल एकता भेला जून २३ नेपाल हाउसमा हुने
प्रवासि नेपाली एकता मञ्च(ONUF) दक्षिण कोरियाले जुन २३ आइतबार सउल कमिटिको एकता भेला नेपाल हाउसमा गर्ने एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताए ।
एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको जनाएको छ । जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत सापकोटाले बताए ।
बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे २६मा आन्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फो र जुन ९मा फेन्थेक छनानको भैसकेको छ ।
दक्षिण कोरियाको राजधानी रहेको सउल कमिटिको एकिकरणको बिशेष महत्व रहने कुरालाइ मध्यनजर गर्दै कार्यक्रमलाई ब्यबस्थित र भब्यताका साथ सम्पन्न गर्नको लागि गत मे १९ का दिन सउल स्थित ऑगमनको एक हलमा अनौपचारिक तैयारी छलफल आयोजना गरिएको थियो ।
बिभिन्न पेशा ब्याबसायमा आबद्ध रहि कोरियाको सउल तथा आसपाका क्षेत्रहरूमा रहनूहूने सम्पूर्ण महानुभावहरूमा आफ्नो गरिमामय उपस्थिति जनाइदिनुहुन “प्रवासी नेपाली एकता मञ्च “सबैमा सविनय निमन्त्रणा गरेको कुरा उक्त अबसरमा बताइएको छ।