गायिका तायाहाङ्मा राई कोरीयामा सम्मानित
गायिका तायाहाङ्गा राई लाई कोरीयामा सम्मान गरेको छ। उदयपुर सेवा समाज र खोटााङ सेवा समाजले हिजो जुन १ तारीक राजधानि सउलको दोङ्देमुन स्थित एक नेपाली रेस्टुरेन्टमा संयुक्तरुपमा कार्यक्रम आयोजना गरि सम्मान गरेको हो।
तिमी मेरो.., मायाको गहिराई.. , कोहि छ जस्ता चरचित गितहरु लगाएत गायिका राईले एकसय ५० भन्दा बढि गितहरु मा आवाज दिएकि छिन। नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थप हाैसलादिनको सम्मान गरिएको खोटाङसेवा समाजका अध्यक्ष चित्र घलेले बताए।
गायिका राई उदयपुर जिल्ला को भएकोनाताले उदयपुरसेवा समाज ले सम्मान कार्यक्रमको आयोजना राखेको उदयपुर सेवा समाज का अध्यक्ष मधुकर राईले बताए। कोरिया आएका उदयपुरे कलाकारहरु, खेलाडिहरु तथा विशेष क्षमता वा समाजिकक्षेत्र संग सम्मबन्धित सबैलाई सम्मान गर्ने गरेका छाै।उन्ले भने, आजको यो सम्मान कार्यक्रम पनी त्यसैको निरन्तरता हो।
आफुलाई बिदेशिभुमिमा सम्मान गरेकोमा गायिका राईले आयोजकलाई धन्यबाद दिदै भनिन यो सम्मानले मालाई थप हाैसला र उर्जा मिलेको छ, साङ्गितिक क्षेत्रमै लागि रहने प्रेरणमिलेको छ, अझै राम्रो गर्दै जानेछु।
सम्मान कार्यक्रममा नेपालआदिबासि जनजाती महासंघका अध्यक्ष युगल तेन्डुप शेर्पा , पुर्बान्चल सरोकारसमाज का अध्यक्ष अमृत राई, किराया का अध्यक्ष बालकृष्ण बान्तावा लागाएतका उपस्थिति थियो भने उदयपुर सेवा समाजका सचीब बिबिन्द्र राईले कार्यक्रम संचालन गरेका थिए।