ओखलढुंगा सेवा समाज कोरियाले छुसकमा सांस्कृतीक कार्यक्रमको दावी गर्ने
ओखलढुंगा सेवा समाज (ओसेस) दक्षिण कोरियाले आगामी कोरियाली पर्व छुसकमा संस्कृतीक कार्यक्रमको लागि दावी गर्ने भएका छन् । सांस्कृतीक कार्यक्रम बाढफढ गर्ने संस्था नेपाली सम्पर्क समिति (एनसीसी) र पूर्वाञ्चल सरोकार समाजमा ओसेसले कार्यक्रमको लागि दावी गर्न लागेको हो ।
जिल्लाको शिक्षा र स्वस्थ्य क्षेत्रमा आर्थिक सहयोगकोलागि नेपालबाट राष्ट्रिय कालाकार ल्याई नेपाली काला र संस्कृतीलाई संम्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष श्रीराम गुरुइ०ले बताए । समाजको कोषमा सदस्यहरुको लेबी र शुभेक्षुकहरुको स्वक्षीक चन्दा प्राप्त बाहेक ठोस आय स्रोत नभएकाले पनि कार्यक्रम गर्न लागेको अध्यक्ष्यले स्पष्ट पारे । त्यसैले कार्यक्रम गर्न सहयोग गर्न सबै संस्थाहरुलाई समाजले हार्दि अपिल गरेका छन् ।
नेपाल र कोरियाका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका ओसेसले हालसम्म आर्थिक अवस्था कमजोर भएका ११ जना विरामी (८ जना मृगौला पीडित १ जना व्लड क्यान्सर, १।१ जना प्यारालाइसीस) लाई आर्थिक सरहयोग गरेका छन् । २०७२ सालको विनाशकारी भुकम्प पीडितलाई प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी रु. ढेड लाख नेपाली दूताबासमा हस्तान्तरण गरेका थिए । त्यस्तै भुकम्पमा ज्यान गुमाएका १९ जनाको परिवारलाई जनही रु. १३ हजार ५०० को दरले हस्तान्रतण गरेका थिए । कोशी डुबान पीडित सहयोग अभियानमा रु. ७० हजार उपलब्ध गराएका थिए । त्यसैगरी जील्लाका उबु स्थित रत्नराज्य माविलाई रु. १ लाख र रुम्जाटारमा निर्मान्धीन गुम्बालाई रु. १ लाख सहयोग गरिसेका छन् । वार्षिक २ जना आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई सहयोग गर्ने समाजको संस्थागत नीति रहेको छ ।