कोरियाको अस्पतालमा अन्तिम बिदाइका हात हल्लाउदा ..


काम गर्दा गर्दै ‘बसन्ती’को आधा दर्जन फोन आएछ । कामको हतारो सगै मेसिनको चर्को आवाजले गर्दा फोन आएको मेसो पाइन । निर्जिब मेसिनहरुका बिचमा बसे पछि फोन त के दुई चार रेक्टरको पराकम्पनहरु गए पनि पत्तो पाइन्न ।शौचालय जाने समय मिलाएर कल ब्याक गरे ।कोरियन भाषा सगै टुटेफुटेका केही अङ्ग्रेजी मिसाउदै ‘बसन्ती’ रुन लागी । रुवाइ मिसिएको बोलिमा के भन्न खोजेको हो खासै भेउ पाइन ।
दिउसै सोजु लाग्यो कि कसो भनेर उल्टै जिस्काए । अक्सर उ म सग जिस्कने गर्दथी । मलाइ थाहा थियो ।बसन्ती कहिले काहीँ दिउसै सोजु पिउथी ।मदिराको सौन्दर्य मात्नु हो ।कहिले काहीँ बसन्ती घर भित्रै भएपनी फाइटर बिमानको महिला चालक जस्तै बनेर बस्थी ।उमेर र जवानीको कच्चा धातु सग उसलाइ मतलब थिएन ।आफ्नै सन्सारमा रमाउने गर्दथी ।जिन्दगीको गणित बाचुन्जेल सम्म मात्र हो भन्ने उसको आफ्नै तर्क थियो । जे भए पनि भरे भेट्छु भनेर बाचा गर्दै आजको बोलिलाइ बिट मारे । एकैछिनमा फेरि म्यासेज पठाइ ।म्यासेज सगै अस्पतालमा भर्ना भएको फोटो पनि । म ढुक्क भए ।बसन्ती लाई सन्चो भएनछ । सोजुको कुरा गरेर जिस्क्याएकोमा आफैलाइ डबल डोजले हेपे जस्तो भान भयो ।
बसन्तीलाई छिट्टै भेट्न मन लाग्यो ।तर परिस्थिति आफ्नो पक्षमा छैन ।घडीको सुइले ६ बजेको जनाउने आफ्नो दिशा तय गर्नै पर्थ्यो ।अरु उपाय थिएन । परेको बेला फुत्त निस्कन नपाउदा पुजीपतिहरुले हाम्रो हर्मोन समेत कब्जा गरे जस्तो लाग्थ्यो । त्यो ४ घन्टा ४ बर्ष भन्दा लामो भयो । बल्लतल्ल ६ बज्यो ।पसिनाले भिजेका हातका पन्जा खोलेर मिल्काउने बित्तिकै आफुलाइ विश्व युद्द जितेको सिपाही जस्तै लाग्ने ।अझ भोलि त सार्बजनिक बिदा ।अर्थात् अब लगातार ४८ घन्टा आफ्नै मर्जी ।मेरा लागि कोरियाका सबै भन्दा प्रिय मित्र घडी र क्यालेन्डर नै बने ।आँखा जति बेलापनी उनिहरुमै ठोक्किन पुग्ने ।अझ यहाको पन्चाङ्ग पात्रो त आफैले बनाए जस्तो । बर्षभरीका राता छुट्टी कण्ठस्थ । ट्याक्सी बोलाए ।एक बोतल जुस बोकेर अस्पताल तर्फ हन्निए । ट्याक्सीबाट ३० मिनेटको दुरी ।हजारौ माइल जत्तिकै टाढा भयो ।
बसन्ती अस्पतालको शैय्यामा लडिरहेकी थिइ ।जुसको बोत्तल नजिकैको टेबुलमा राखेर छेवैमा बसे ।हाताभरी औषधीका इन्जेक्सनहरु झुण्डाइएका थिए ।मुखमा अक्सिजनको मास्क लगाइएको थियो । मार्फाका स्याउ जस्ता राता गालामा अजिब ललितकला पोतिएको थियो ।तर अहिले उसको मुहारभरी पिडाका राजमार्गहरु कोरिएका थिए । दुइ महिना अघि भेटिएकी बसन्ती भन्दा उ कयौ गुणा फरक थिइ ।म निशब्द बने ।उसको वरिपरि भएका अन्य बिरामी र कुरुवाहरु मलाइ क्वारर्क्वार्ती हेर्न लागे ।सायद बिदेशी अनुहार भएर होला । के भएको हो ? कहिले देखि अस्पतालमा बसेको ? एकैपटक सोधे ।उ बोलिन ।आँसु झार्दै अस्पतालको रिपोर्ट लेखिएको एउटा कागजको फोटोकपी मेरो हातमा थमाइदिइ ।
चिकित्सकीय भाषाका अफ्ट्यारा कोरियन अक्षर सबै छिमल्न हिम्मत गरिन ।गुगलको सहयोग लिएर मोटामोटी बुझ्न सकिने गरि नेपालीमा ट्रान्सलेट गरे । एक्कासि चक्कर लाग्यो ।मुटुमा बारपाकको भन्दा ठूलो भुकम्प गयो ।लुडो खेल्दा सर्पको मुखमा पुगेको गोटि एकैपटक तल झरे जस्तै शरीर गलेर आयो । यस्तो अबस्थामा मस्तिष्क कसरी शून्य हुदै शब्द बिहिन बन्दो रहेछ भनेर पहिलो पटक थाहा पाए । म केही बोल्न सकिन ।गह्रौ काठको मुढा उचाले जस्तै गरि बसन्तीले टिस्युपेपर उचाली र आँसु पुछ्दै भनी ‘राजु नो मोर होप ‘। ‘डन्ट वरी एभ्रीथिङ विल बी राइट ‘ सान्त्वना दिन खोजे ।यति भन्दा मेरो शरिर पसिनाले भिजिसकेको थियो ।मानौ आकाशमा डढेलो लागेको छ । बेलुकाको उपचार गर्न एक हुल डाक्टर हरु आए ।केही सोध्पुछ गरेर औसधिमा फेरबदल गर्दै बाहिरिए ।
काम कस्तो चल्दै छ ?आफ्नो राम्रो ख्याल गरेर काम गर्नु ।एक बर्षदेखि बारम्बार मलाइ भन्ने उसको शब्द यहि थियो र आज पनि दोहोर्याइ ।आफू मृत्यु शैय्यामा रहदा पनि मेरो चासो राख्दा अत्यन्तै भावुक बने । खासमा एक बर्ष अगाडी ख्वाङ्जु देखि सौल सम्मको पट्यारलाग्दो रेल यात्रा गर्दा बसन्ती सग भेट हुने अबसर जुरेको थियो ।अक्सर कोरियनहरु अपरिचित सग त्यति बोल्न रुचाउदैनन ।तर सगै सिटमा यात्रा गरेकी बसन्तीले बोल्ने अनुमती माग्दै मेरो यात्रालाइ पनि सहज गराइदिइ । बिश्वका झन्डै एकदर्जन देशहरू यात्रा गरेको बताउने बसन्तीले नेपालको सिमानामा रहेको दार्जीलिङ र सिक्किम समेत पुगेको प्रमाण देखाइ ।
दार्जिलिङका विभिन्न गुम्बाहरु र सिक्किममा रहेको ‘सिक्किम प्रबेश द्वार ‘ लेखिएको ठाउमा खिचेका फोटाहरु प्रमाणको रुपमा मलाइ देखाइ । त्यो तीन घन्टे यात्रा सामान्य चिनजान देखि न्वारान गरेर नाम राख्ने सम्मको रमाइलो भयो ।खासमा उसको नाम ‘किम इन जु ‘ रहेछ मैले बसन्ती भनेर राखिदिए । उ खुशी थिइ ।भेट्सगै बसन्तीले नेपाल यात्रा गर्ने बाचा समेत गरि गरी। प्राय फुक्काफाल भएर हिड्ने बसन्तीलाई कुनै कुराको कमी रहेनछ भन्ने मैले आभास गर्थे ।यद्यपि पारिवारिक कुराको जानकारी गराउने कामबाट उ सधै टाढा रही ।मैले पनि जान्ने कोसिस गरिन ।
समय सगै बसन्ती नजिक हुँदै गइ ।नेपाल घुम्ने इच्छा राख्दै नेपाली भाषा सिक्न निकै कष्ट गरि ।गुरुकुलका बटुकहरुले बेदका ऋचा घोके जस्तै गरि क देखि ज्ञ सम्मको यात्रा छिचोल्न गरेको मेहनत देख्दा आफैले यातना दिए जस्तो लाग्थ्यो । एकदिन ख्याल ख्यालमै सोधे ‘बिहे गर्दिनौ ‘? उसले सजिलै जवाफ दिई ।म एक्लो छु र त म सग सन्सार छ ।बिहे पछि आफ्नो परिधी र आयतन स्वत सकिन्छ ।बिहे गरेर तनाबको कारखाना किन खोल्ने ? समयमै सायद सबै तनाबबाट मुक्त हुने कर्म लेखिएकोले यस्तो शब्द निस्केको रहेछ कि ?? अलबिदा बसन्ती !

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...