माओबादी छापामा देखि विश्व रेकर्ड अल्ट्रा धाविकासम्म : मिरा राईको जीवन संघर्ष
अल्ट्रा धाविका मिरा राईको जीवन संघर्षका दिनहरु सुन्दा आफैमा एउटा परि कथा झै लाग्छ । कक्षा सात पास हुने बितिक्कै माओबादी छापाबार वनिन् । शान्ति प्रक्रियामा जाँदा अन्य लडाकु झै क्याम्पमा बसिन् । पछि उमेर नपुगेकैले उनलाई घर फिर्ता गरियो ।
फेरी पढ्न सुरु गरिन् । गाउँको दैनिकी चल्दै थियो । आज भन्दा ६ वर्ष अगाडी उनले उच्च पहाडी भेगमा दौडिने अल्ट्रा म्याराथ्युन दौडमा भाग लिइन् । त्यस पछि सुरु भयो उनले नै नसोचेको सफलताका दिनहरु । मिराका जीवन संघर्षका बारेमा रमाइलो कुराकानी ।