Advertisement
SKIP THIS

कोरियन भन्दा बिदेशी कामदारको कार्य क्षमता कम, तलब घटाउन माग


कोरियाको साना तथा मझौला कम्पनिहरुको संगठनले गरेको यो बर्षको प्रारम्भिक सर्बेक्षण अनुसार कोरियन कामदारको तुलनामा बिदेशी कामदारहरुको औसत कार्यक्षमता ८७.५ प्रतिशत मात्र रहेको जनाएको छ । जस अनुसार E-9 भिसामा आएका विदेशी कामदारको कार्यक्षमता कोरियनको तुलनामा १२ दशमलव ५ प्रतिशतले कम हुन आउँछ ।

यसरी उत्पादन क्षमता कम हुनुको मुख्य कारण विदेशी कामदारमा रहेको भाषिक कमजोरीलाई लिएको छ । यसै तथ्यलाई आधार मान्दै यहाँका साना कम्पनीहरुले बिदेशी कामदारको न्युनतम ज्याला घटाउन माग गरेका छन् ।

आगामी वर्षको ज्याला निर्धारण गर्न आइतबार ख्वाङ्जुमा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा साना कम्पनीहरुको प्रतिनिधिले उक्त माग राखेको कोरिया टाइम्सले जनाएको छ । प्रतिनिधिले भनेका छन् “पछिल्लो दुई बर्षमा न्युनतम ज्याला बढ्दा धेरै व्यवसाय बन्द भैसकेको छ । त्यसैले विदेशी कामदारका लागि अलग ज्याला प्रणाली लागू गरेर साना कम्पनीलाई सरकारले सहयोग गर्नुपर्छ ।”

तर कोरियान सरकारको विभेद बिरुद्धको कानुनले गर्दा अहिले नै फरक ज्याला प्रणाली लागु गर्न नसकिने श्रम मन्त्रालयले जनाएको छ ।

पछिल्लो २ बर्षमा मून जे-इन सरकारले न्युनतम ज्याला बढाउने र न्युनतम काम गर्ने समय(घन्टा) घटाउने निति अवलम्बन गरेको छ । राष्ट्रपति मूनको चुनावी नारा नै २०२० सम्ममा न्युनतम ज्याला १० हजार वन पुर्याउने थियो ।

यसै प्रतिबद्धता अनुरुप राष्ट्रपतिमा निर्वाचित भएपछि सन् २०१८ मा एकैचोटि १६.४ प्रतिशतले ज्याला बढाएर प्रतिघन्टा ७ हजार ५ सय ३० वन पुर्याएका थिए । त्यस्तै सन् २०१९ मा १०.९ प्रतिशतले बढाएर ८ हजार ३ सय ५० कायम गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...