म
घोप्टो आकाश मुनी
उतानो धर्ती माथिको रङ्गमञ्चमा
अभिनय गरिरहेको
(म)
न नायक हूँ
न कलाकार
न गायक हूँ
न रचनाकार
न कवीकार
न गजलकार
बस्!
समयको हुण्डरी भित्र घुलमिल भई
घाटको दूरी घटाई रहेछु।
(कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।)