कोरियामा 'MERS' संक्रमित १८,सरकारद्वारा देश छोड्न प्रतिबन्ध


ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा गत हप्ताबाट फैैंलिएको मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम( MERS) नामक रोग एक हप्ता नबित्दैं यो रोगबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।सोमबार मात्र थप ३ जनामा यो रोग भेटिएपछि संक्रमितको संख्या १८ पुगेको हो ।
एम ई आर एसबाट संक्रमित १७ जना मध्ये १५ जना ख्यंगी प्रान्तको एक अस्पतालमा रहेका छन् जहां पहिलो बिरामीलाई उपचार गरिएको थियो ।अधिकारीहरुका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका बिरामीको आफन्त र उपचारमा संलग्न डाक्टर तथा नर्सहरुमा यो रोग फैैलिदैं गएकोमा विज्ञहरु चिन्तित भएका छन् ।
 
यसैंबीच दक्षिण कोरिया सरकारले पुर्वी एसियाली श्वासप्रश्वास रोगबाट संक्रमित व्यक्तिलाई देश नछाडन आदेश दिएको छ ।यो रोगले महामारीको रुप लिएको भन्दैं नियन्त्रण गर्नका लागि यस्तो कदम चालिएको सरकारी धारणा रहेको छ ।श्वासप्रश्वाससंबन्धीको सो रोगबाट संक्रमित एक कोरियाली नागरिक चीनका लागि उडेपछि सरकार सर्तक बनेको हो ।
हालसम्म विश्वको २३ राष्ट्रमा फैैलिएको यो रोगीको संख्या ११ सय ४२ जना पुगेको छ । श्वासप्रश्वासबाट सर्ने यो रोग जोकोही बिरामीको नजिक आउदा संसर्गबाट सर्छ । यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ ।त्यसैगरी खोकी लाग्ने,श्वास फेर्न गाह्रो समेत हुने गर्दछ ।
मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो ।यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ ।समयमा उपचार नगरे यो रोगबाट संत्रमित बिरामीको मृत्यु हुने समेत हुने गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...