बजारमा डीआर अटुको 'तारे भिर' ( भिडियो सहित )
सोल – बिगत लामो समय देखि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल गीतकार तथा संगीतकार डीआर अटुको ‘ तारे भिर ” बोलको गजल बजारमा आएको छ |
सचिन राईको स्वर रहेको उक्त गजलमा शब्द तथा संगीत डीआर अटुको रहेको छ | गजललाई अमोश तामाङले एरेन्ज गरेका हुन् |
त्रिकोणात्मक प्रेम कथामा आधरित म्युजिक भिडियोमा सनम , सुगम र भुवनको अभिनय रहेको छ |
भिडियोलाई सशान कडेलले निर्देशन गरेका हुन् | भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेको छन् | दौतरी क्रियसनले बजारमा ल्याएको भिडियोलाई म्युजिक नेपालले बजार ब्यबस्थापन गरेको छ |