'साउण्ड अफ समर'को तयारी व्यापक
सोल-एभरेष्ट एफसी परिवार कोरियाले आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम साउण्ड अफ समरको तयारी व्यापक रुपमा भै रहेको आयोजकले बताएका छन् |
‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नारा लिएर गर्न लागिएको कार्यक्रमको लागि प्रसार प्रसार पोस्टर टिकट बितरण र स्वयमसेवक व्यापक रुपमा परिचालन गरिएको जनाइएको |
‘साउण्ड अफ समर’ छुसकको दोस्रो दिन सेप्टेम्बर २७ मा सउल दुङगुक बिश्वबिद्यालयको हलमा हुन लागेको हो | साङ्गितिक कमिटिका सङ्योजक राजु लिम्बुका सो कार्यक्रमा नेपालका चर्चित मङ्गोलियन हर्ट ब्यान्डका गायक राजु लामा,अमर तन्डुकार नेपाल कै टप नम्बर वान नृत्यङ्गना पार्बती राई नया पुस्ताका उदयमान गायिका तृष्णा गुरुङ साथै अहिले एक्दमै चर्चाको सिखरमा रहेको कमेडीयन भद्रगोल टिमका जिग्री र पाँडे ( कुमार कट्टेल र अर्जुन घिमिरे) ले प्रस्तुति दिने भएका छन ।
उक्त दिन दोङ्देमुन ३ नम्बर गेटबाट कार्यक्रम हलसम्म जानलाई बसको ब्यवस्था भएको पनि जनाइएको छ | ‘साउण्ड अफ समर’ स्थानीय कलाकार हरु रोश्ना केसि, अस्तित्व ब्यान्ड , साथै अङ्गालोमा बाध मलाई भन्दै अशोक थुलुङको बेजोड प्रस्तुति रहने कुरा कमिटिका सहसङ्योजक श्री सुखिम याखाले जानकारी दिए ।