म्याग्देली म्युजिकल शो का कलाकार कोरिया आइपुगे |
म्याग्दी समाज समिति दक्षिण कोरियाद्वारा यहि चुसकको अबसरमा २०१५ को सेप्टेम्बर २६ तारिखका दिन अर्थात् भोलि सौलमा आयोजित एक भब्य साँस्कृतिक कार्यक्रम “ म्याग्देली म्युजिकल शो ” का कलाकारहरु कोरिया आइपुगेका छन्|
कार्यक्रममा, चर्चित हास्यंब्यङ्ग कलाकार मनोज गजुरेल, चर्चित लोकदोहोरी गायक पशुपती शर्मा, चर्चित लोकदोहोरी गायिका ज्योती मगर, चर्चित नायिका नम्रता श्रेष्ठ ,चर्चित पप गायक नरेन लिम्बु, चर्चित कलाकार सम्बोज मल्ल, लोक गायक गगन पुन र हास्यब्यङ्ग कलाकार प्रदिप कार्की लगाएतको कलाकार आज इन्छन विमानस्थल मा आइपुगेका हुन् | लोक दोहोरि गायक पशुपति शर्मा भने क्यानाडाबाट हिजै कोरिया आइपुगेका हुन् |
कलाकारहरुलाई स्वागत गर्नको लागि समितिका अध्यक्ष मुक्ति के.सी ,बरिष्ठ उपाध्यक्ष आलोक बानिया , कोषाध्यक्ष किसन सेन, सदस्य तिलक सेन सदस्य , हेम पुन , र कलाकार स्पोन्सर लि दे हयन लगायतका पदाधिकारीहरु इन्छन विमानस्थलमा पुगेका थिए |
कोरियामा आपत्कालिन अक्षय कोष स्थापना गर्न , सेल्टर निर्माण र म्याग्देलीको स्वास्थ्य सुधार सहित आवश्यक पुर्वाधार जुटाउने उद्देश्यले स्थापना गरिएको कोष थप मजबुद बनाउन राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार सहितको प्रस्तुती रहने गरी कार्यक्रमको भब्य तयारी गरिएको समाजका अध्यक्ष मुक्त केसीले फोनिज कोरियालाई बताए।‘
कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा रहेको समितिले यहाँ रहेका सबै सामाजिक संस्था संग हातेमालो गर्दै आइरहेकोले कोरियामा कार्यरत सबै किसिमका संस्था र महानुभाबहरु भोलि कार्यक्रम मा उपस्थित भएर शोभा बढाई दिनु हुन तथा आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गरिदिनु हुन पनि समाजले अनुरोध गरेको छ |
स्थान :फेक चु न्यन किन्यम ग्वान जोंग्नो ओ गा
समय : दिन को १ बजे देखि |