युनिक भिजन भलिबलको टाई सिट अक्टुबर ४ मा हुने |
सौल – युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा यहि अक्टुबरको ११ तारिख पहिलो पटक भलिबल प्रतियोगिताको आयोजना गर्न गइरहेको छ | उक्त भलिबल प्रतियोगिताको लागि टाई सिट भने यहि अक्टुबरको ४ तारिख प्रकाशन गर्ने तयारी गरेको छ | भलिबल प्रतियोगितामा सहभागी हुन् चाहने संघ संस्था वा समूहले आफ्नो भलिबल टिमको सम्पूर्ण खेलाडीहरुको नामावली सहित नाम दर्ता गर्न हुनका लागि संस्थाको अध्यक्ष भजेन्द्र क्षेत्रीले अनुरोध गरेका छन् |
बिगत २ बर्ष देखि भलिबल खेलमा उत्कृस्ट प्रदर्शन सहित सक्रिय रुपमा सहभागी हुँदै आएको संस्था युनिक भिजन ग्रुप ले आयोजना गर्ने भलिबल प्रतियोगितामा महिला भलिबल खेलको पनि आयोजना गरिएको छ |उत्कृस्ट महिला भलिबल टिम लाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ |कोरियामा रहेका सम्पूर्ण संघ संस्था ,ब्यापारी ,बिध्यार्थी ,पत्रकार , समाजसेबी ,खेलकुद प्रेमी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रना पनि आयोजकले गरेको छ |कोरियामा नेपाली संस्थाले २०१५ मा आयोजना गर्ने भलिबल खेल यो नै अन्तिम भएकोले रोचक र घम्साघम्सी हुने आयोजकले दाबी गरेको छ |
टाई सिट हुने मिति :२०१५ अक्टुबर ४ तारिख ,
समय बिहान : ११ बजे ,
स्थान : कुमारी भान्छा घर तुन्देमुन
नाम दर्ता शुल्क :२ लाख वोन ,
प्रथम पुरस्कार १० लाख वोन
दोर्सो पुरस्कार :७ लाख वोन
तेर्सो पुरस्कार :४ लाख वोन
खेल हुने मिति ;२०१५ अक्टुबर ११ तारिख आइतबार : स्थान केहि दिनमा जानकारी गराइने छ |
सम्पर्क को लागि भजेन्द्र क्षेत्री ०१० ९३२०७६०४