कोरियाबाट धादिङ्गवेशीमा अपाड़्ग मैत्री शौचालय निर्माण गरिने |
सौल _ सन्तोष अधिकारी
गत छुसक २०१५ सेप्टेम्बर २६ तारिकका दिन धादिङ्ग समाज गणतन्त्र कोरियाको भेलाले समाज द्वारा सदरमुकाम धादिङ बेशीमा निर्मार्ण गर्न लागिएको सुबिधासम्पन अपाङ्ग मैत्री (नेपालकै नमुना) शौचालय निर्माण सम्पन्न गर्नको लागि आवश्यक थप आर्थिक संकलन गर्ने निर्णय गरेकोछ | कोरियामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो स्थान बाट सक्दो सहयोग गरि यो एउटा उदाहरणीय सामाजिक कार्यमा हातेमालो गरि आफ्नो साथ पनि दर्शाईदिनुहुन अनुरोध गरिएको छ । शौचालय निर्माणको काम शुरुवात भैसकेको कुरा जानकारी गाराउँदै, “आफ्नो गाउँ आफै बनाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै, सहयोगी हातहरु अगी बढाईदिनुहुन धादिङ्ग जिल्लाबाट जुन-कुनै तवरले कोरिया प्रवेश गरि विभिन्न क्षेत्रमा आबद्ध धादिङ प्रेमी मित्रहरुलाई हार्दिक अनुरोध गरिएकोछ ।
पुनश्च : सम्पूर्ण सहयोगीहरुको नाम समाजको इतिहासमा अमर रहनेछ भने १,००,००० वन (अछेरुपी एक लाख वन ) भन्दा माथि सहयोग गर्ने मित्र हरुलाई बिषेस समारोह बीच प्रसंसा पत्र सहित भब्य सम्मान गरिनेछ । त्यस्तै २,००,००० वन (अछेरुपी दुई लाख वन ) भन्दा माथि सहयोग गर्नुहुनेहरुको हकमा भने स-सम्मानका साथ् शिलालेखमा नाम लेखिने व्यवस्था गरिएको कुरा संस्थाका अध्यक्ष नवराज बोहराले जानकारी दिएकाछन् |