नेपालमा हाउसफुल चलिरहेको ''परदेशी'' कोरियामा पनि प्रदशन हुने ( ट्रेलर सहित )
सुब्बा राना मगर
सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसर पारेर मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ |
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखको कथा समेटेर निर्माण गरिएको चलचित्र ” परदेशी” नेपालका ६० भन्दा बढि हलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ |
मुभिज डटकम फिल्म्स्को व्यानरमा निर्माण भएको चलचित्रकोअधिकांश छांयाकन पाल्पा, रामपुर र कतारमा गरिएको छ | राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानीमा निर्माण गरिएको परदेशीलाइ नारायण रायमाझीले निर्देशन गरेका हुन् | चलचित्रमा प्रसान्त तामाङ, रजनी केसी, केशव भट्टराई, सुशील पोख्रेल, शेरबहादुर गुरुङ, तारा शर्मा लगायतले अभिनय गरेका छन् |
सोहि कार्यक्रममा चलचित्र प्रदशनको साथमा चलचित्र “परदेशी”का निर्माता , निर्देशक तथा गायक नारायण रायमाझीले आफ्ना चर्चित गीतहरु स्थानीय लाइभ बाधबादनको साथमा गाउनेछन |
पुनश्च – उक्त फिल्म प्रदर्शनको पूर्व घोषित मिति २०१५ नोभेम्बर २२ को दिन विभिन्न संघ संस्थाको कार्यक्रम रहेको कारणले दुइ हप्ता पछाडी सार्नु परेको आयोजक संस्थाले जनाएको छ |
मिति – डिसेम्बर – ६ तारिख
स्थान – दोङदेमुन ( डोट्टाको पछाडी एनआरएन को अधिबेशन र चुनाब भएको हल 중구구민회관 को हल )
समय – दिनको १२ बजे
थप जानकारीको लागि –
स्नीका थापा मगर 010 6849 2676
बिन्दी थापा मगर 010-5924-3765
चित्रा गर्बुजा (किम्हे/बुसान) 010 4689 6392
खड्ग थापा मागर 010 2158 2398
हिक्मत पुलामी मगर 010 2747 6329
बिक्रम राना मगर 010 6712 0544
सुब्बा राना मगर 010 4375 0593
हेम थापा मगर 010 2506 5681
झक थापा मगर 010 59542382
होबिर थापा मगर 101 9138 8225
दिपक पुन 010 4266 2281
राजकुमार आले(किम्हे/बुसान) 010 6601 2906
भिषण पुर्जा (किम्हे/बुसान) 010 5953 4660
छविन राना (किम्हे/बुसान) 010 2205 4622