थेगुमा "वडा नम्बर ६" प्रदर्शन हुदै
गैर आवासीय नेपाली संघ द.कोरियाको थेगु स्थित क्षेत्रिय कार्यसमितिले आउँदो डिसेम्बर २७ तारीख आइतबारको दिन थेगुमा नेपाली चलचित्र वडा न.६ प्रदर्शन गर्ने भएको छ । सेल्टर स्थापना गर्नको लागी प्रदर्शन गर्न लागिएको उक्त चलचित्र द. कोरियामा क्रियाशिल संघ सस्था हरु,अन्नपूर्ण सेवा समाज, EPS youth Nepal, जनसम्पर्कसमिती, ONF आदिको हातेमालोमा थेगु स्थित योङ्नाम स्टेशन नजिकै हलमा प्रदर्शन गर्ने तयारी गरेको छ।
विविध कारणले रोजगारी छोडेर आवास बिहिन नेपालिहरुलाइ सहजै आवशको ब्यवस्था गर्नको लागी उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । उक्त चलचित्रबाट प्राप्त सबै मुनाफा सेल्टरमा लगानी गरिने सस्थाका अध्यक्ष नेत्र दुलालले बताए ।
डिसेम्बर २७ पहिलो शो थेगु र त्यसपछी क्रमसः किम्हे, पुसान, सौल लगाएत अन्य सहरहरुमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र ब्यवस्थापनका संयोजक अर्जुन श्रेष्ठ र उप-संयोजक आङदोर्जे शेर्पाले फोनिज कोरिया लाई बताए।
सामाजिक सेवाको उद्देश्यले प्रदर्शन गर्न लागिएकोले चलचित्रमा समाजसेवा र मनोरञ्जन एकसाथ हुने हुँदा थेगु लगाएतका अन्य शहरहरुमा दर्शकहरुको उल्लेख्य उपस्तिथि रहने कुरामा आफुहरु बिस्वस्थ रहेको सोहि संस्थाका सदस्य नारायण अधिकारिले बताए ।