किरात याक्थुङ चुम्लुङ कोरियाको ११ औं महाधिवेशन जुलाईमा हुने
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रले ११ औं महाधिवेशन गर्ने भएको छ। चुम्लुङ कोरियाका अध्यक्ष शुन्दरदिप आङ्देम्बेले फोनिजसँग कुरा गर्दै अधिवेशन यहिँ जुलाई २१ तारीख आइतबारको दिन हुने निश्चित भएको बताएका हुन्।
जुलाई २१ तारिख भन्दा अगाडि चुम्लुङ कोरियाका शाखाहरु, थेगु, बुसान र जेजुदोको अधिवेशन सम्पन्न गरिने र केन्द्रको महाधिवेशन हल भने केही दिनमा तय हुने कुरा संस्थाका वरिष्ठ उपाध्यक्ष अग्नि पंधाकले जानकारी गराए।
सन् २००० मा स्थापित यस संस्थाले कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक सेवा, सांस्कृतिक कार्यहरु गर्दै आइरहेको छ। अधिवेशनको दिन कोरियामा रहेका सम्पूर्ण लिम्बू समुदायलाई उपस्थितिको लागि चुम्लुङ कोरियाले अनुरोध गरेको छ।