तमु धीं कोरियाले छुसकमा “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने


तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने भएको छ । दिर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ आउँदो सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) मा कार्यक्रम गर्ने भएको हो ।
यही जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रमका लागि प्रारम्भिक चरणको बैठक सम्पन्न सँगै मूल आयोजक समिति गठन गरेको छ । जस अन्तर्गत संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङ संयोजक, थेगु शाखा अध्यक्ष हर्क गुरुङ सह-संयोजक, ख्यङ्साङ्नाम्दो शाखा अध्यक्ष अनिश गुरुङ सह-संयोजक साथै अन्य धेरै व्यक्तित्वहरु सदस्यमा चयन गरिएको छ । आगामी बैठकमा विभिन्न समिति, उप-समितिहरु गठन गरिने संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले बताए ।
प्रस्तावित कलाकार चयनको काम तीव्र गतिमा भईरहेको र केहि दिनमा टुङ्गो लागिसकेपछि सार्वजनिक गर्ने आयोजक पक्षले जनाएको छ । सबै विधाका प्रस्तुतिको साथमा एउटा पूरा सांगीतिक प्याकेजबाट भरपूर मनोरन्जन लिन सकिने र कलाकारहरुको तत्काल भिषा प्रक्रिया अघि बढाईने संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङले जानकारी गराए । उनले थपे – “हल, कलाकार र विविध व्यवस्थापनको बारेमा आगामी बैठक बसेर तयारी तीव्र पार्नेछौं ।”

यस अघि २०१५ मा तमु धीं दक्षिण कोरियाले “कर्मा ब्याण्ड”को साथमा रोधीं सांगीतिक सौगात भाग ३ को आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पारेको थियो । यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...