“एमटियु” कोरियामा काम गर्न आउने सबै देशका प्रवासी मजदुरको संगठन हो


कोरियामा रोजगार अनुमति प्रणाली(इपिएस) लागु भएको करिब १५ बर्ष भैसकेको छ । रोजगार अनुमति प्रणाली अन्तरगत काम गर्ने ठाउँ परिवर्तन गर्ने देखि लिएर परिवर्तन गरि अर्को ठाउँमा गएर काम गर्न दिने नदिने सम्मको अधिकार रोजगार दाता अर्थात साहुमा निहित रहेको छ । कतिपय अवस्थामा कार्य स्थल बाट भागेको भनि झुटो आरोप लगाई उजुरी गर्ने सम्मको कार्य समेत गरेका छन् ।

कानुनको दायरामा रहेर आफ्नो हक अधिकारको लागि आवाज उठाउन पनि कानुनले अधिकार दिएको छ । हामीले यसै अधिकारको प्रयोग गरेर नै आवाज उठाईएका हुन्छौं ।

रोजगार अनुमति प्रणालीका यिनै खराव नितिका कारण कम्पनि परिवर्तन गर्न पाइदैन । केही गरि कम्पनी परिवर्तन गर्न पाइयो भने पनि कम्पनी विवरण नदिएर साहुले सम्पर्क गरे मात्र कम्पनि पस्न सकिने र साहुले जानकारी गराउने झुटो विवरणका आधारमा कार्य स्थल छनौट गर्नु पर्ने बाध्यता छ । रोजगार दाताले चाहेको खण्डमा प्रवासी मजदुरको परिस्थिति तल माथि गरिदिन सक्छन् । यस अवस्थामा प्रवासी मजदुरले झन झन दास को जीवन जिउनु परिरहेको छ । कोरियाको श्रम मापदण्ड अनुसार कानुनले समेत जबर्जस्ती काम गराउनु हुदैन भन्छ । तर प्रवासी मजदुरको हकमा भने इपिएस कानुनले जबर्जस्ती दास बनाएर राख्न पाउने ब्यबस्था गरिदिएको छ । प्रवासी मजदुर पनि मानिस हुन र एक मानवको रुपमा स्वस्थ्य भएर काम गरेर आफ्नो आर्थिक स्थितिमा केहि सुधार होस भन्ने उद्देश्य बोकेर कोरिया आएका हुन्छन् । तर कोरिया आईसकेपछि आफ्नो जीवन मरणको सम्पुर्ण अधिकार रोजगार दाताको हातमा निहित गराएको छ । यसरी उसका सम्पुर्ण सपना चकनाचुर पारिन्छ ।

साहुले गालीगलौज, दुर्ब्यबहार गरि बन्धनमा राखेमा या शारीरिक मानसिक रुपमा बन्धनमा राखेर जबर्जस्ती काम गराएमा कारबाही हुने प्रावधान त छ । तर पनि प्रवासी मजदुरको हकमा अलगै लागु हुने इपिएस कानुनका कारण न्याय पाउन सम्भव छैन । काम गर्ने ठाउँ(कार्यस्थल) स्वतन्त्र पुर्वक परिवर्तन गर्न पाउनु मानविय अधिकार हो । कोरियामा प्रवासी मजदुरलाई उक्त अधिकार बाट बन्चित गराइएको छ ।

हामी प्रवासी मजदुर लाई मजदुर नभएर आधुनिक युगको दास बनाएर राखिएको छ ।

कोरियाको श्रम कानुनमा जबर्जस्ती श्रम गराउन नहुने ब्यबस्था गरिएको भएता पनि प्रवासी मजदुरलाई यो अधिकार बाट बन्चित गराइएको छ । जुन कोरियाली श्रम कानुन बिरुद्ध छ । कोरियाली मजदुरले भने कोरियन मजदुर नीति अन्तरगत आफ्नो अधिकार संरक्षण गरिरहेको छ । तर प्रवासी मजदुरको हकमा इपिएस पद्धति मार्फत सबै अधिकार रोजगारदातामा निहित गराएर हामी प्रवासी मजदुर लाई मजदुर नभएर आधुनिक युगको दास बनाएर राखिएको छ ।

त्यसो हो भन्दैमा हामीले चुपचाप दास भएर बस्नुपर्छ भन्ने चाहिँ कदापि होइन र बन्नु हुन्न पनि । यसको लागि हामी लाई पनि आफू माथी भैराखेको दमन र शोषण विरुद्ध आवाज उठाउन मजदुर संगठन गठन गर्न पाउने, मजदुर संगठनको सदस्य बन्न पाउने र आफ्नो हक अधिकार प्राप्तीका लागि शान्तिपुर्ण धर्ना प्रदर्शन र्याली गर्न पाउने अधिकार कानुनले सुनिश्चित गरिएको छ ।

अधिकार जहिले पनि दवाव सृजना गरेर मात्र प्राप्त गर्न सकिन्छ । कसैले राजीखुशी या आफै दिदैन । कुनै पनि साहु आफै तलव बृद्धि गर्न चाहदैनन् । उसलाई दवाव दिनु पर्ने हुन्छ् । मजदुरको भलो नचाहने केहि ब्यक्ति/ सरोकार वाला द्वारा मजदुर संगठन बारेमा भ्रम फैलाउने गरेका छन् । कोरियामा आन्दोलन गर्नु हुदैन कानुनको दायरामा बस्नु पर्छ भनेर भन्ने गरिन्छ । वास्तवमा कोरियाको कानुन मिचेर कसैले आवाज उठाएको हुदैन पनि । यसो गर्न कुनै पनि विदेशीलाई छुट दिएको छैन् । फेरि कानुनको दायरामा रहेर आफ्नो हक अधिकारको लागि आवाज उठाउन पनि कानुनले अधिकार दिएको छ । हामीले यसै अधिकारको प्रयोग गरेर नै आवाज उठाईएका हुन्छौं ।

अर्को कुरा एमटियुले गर्ने दवाव मुलक कार्यक्रमलाई नेपालीको मात्र भनेर भ्रम फैलाउने पनि गरिएको छ । हो एमटियुमा हामी नेपालीहरुको योगदान अतुलनीय छ । तर पनि एमटियुमा अरुदेशका प्रवासी मजदुरको पनि त्यतिक्कै योगदान रहेको छ । एमटियु नेपाली मात्रको संगठन होइन । यो बिश्व भरि बाट कोरियामा काम गर्न आउने प्रवासि मजदुरहरुको हक हितका लागि खोलिएको संगठन हो र एमटियुको उद्देश्य सहित कोरियाको श्रमविभागमा दर्ता भएको छ ।

यसमा सबै देशको प्रवासि मजदुर सहभागी हुन पाउँछन् । सदस्य र पदाधिकारी हुन पाउँछन् । जानकारी रहोस कुनै पनि कोरियन नागरिक भने मुख्य पदाधिकारी हुन पाउदैन । एमटियुले मजदुरको अहित हुने बिषयलाई कहिले पनि समर्थन गर्दैन । एमटियुले कोरियामा प्रवासी मजदुरले आफुखुशि कम्पनि परिवर्तन गर्न पाउने नियम सहितको डब्लूपिएस(wps) लागु हुनु पर्छ भन्ने माग लाई मुख्य मुद्धा बनाएको छ । यसको पनि केहि सरोकार वाला ब्यक्तिले उल्टो ब्याख्या गरेर भ्रम फैलाउने गरेका छन् ।

वास्तवमा डब्लूपिएस लागु हुनुपर्छ भन्नु को अर्थ इपिएसमा रहेका केही राम्रा पक्ष पनि हटाईनु पर्छ भन्ने होइन । राम्रा पक्ष लाई यथावत राखेर नराम्रो पक्षमा सुधार गरिनु पर्छ भन्ने हो । इपिएसमा सबै भन्दा राम्रो र निष्पक्ष भनेको छनौट प्रकृया हो । यो एकदमै निष्पक्ष छ, जसमा सानो ठुलो, धनी गरिब वा कालो गोरोको भेदभाव गरिदैन । त्यसैले यो जहिले पनि यथावत रहनु पर्छ । wps लागु हुँदा पनि यो यथावत् रहनु पर्छ भन्ने माग एमटियुको रहेको छ । यसका बारेमा कसैले पनि भ्रमात्मक अफाह फैलाउदैमा केहि हुदैन । एउटा मजदुर सङ्गठन सधै मजदुरको हक हितका लागि खोलिएको हुन्छ र हुनुपर्छ । प्रवासी मजदुर संगठन पनि यस्तै एक सङ्गठन हो । तसर्थ विश्वको जुनसुकै देशबाट कोरिया काम गर्न आउने प्रवासी मजदुर यसको सदस्य बन्न पाउछन् र बनेका छन् ।

अन्त्यमा आगामी दिनमा कुनै भ्रामक अफाहको पछि नलागेर कोरियामा काम गर्न आउने सबै देशको प्रवासी मजदुरले प्रवासी मजदुर संगठनको सदस्य बनि आफ्नो हक अधिकार प्राप्तीका लागि एकजुट भएर दवाव सृजनामा सहभागी हुन आव्हान गर्न चाहन्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...