अगस्ट ४ मा तनहुँ समाजले चलचित्र “जात्रै जात्रा” प्रदर्शन गर्ने
तनहुँ समाज दक्षिण कोरियाले यहि आउदो अगस्ट ४ तारेक को दिन चलचित्र “जात्रै जात्रा” प्रदर्शन गर्ने भएको छ । गर्मी बिदाको अबसर पारेर
शैक्षिक सहयोग गर्ने उदेश्यले यस बर्षको सर्बाधिक सफल उक्त नेपाली चलचित्र कोरियामा प्रदर्शन गर्न लागेको जानकारी समाजले दिएको छ ।
चलचित्र प्रदर्शनबाट प्राप्त मुनाफाले तनहु जिल्लाका विकट तथा पहुच भन्दा टाढा रहेका दुर्गम क्षेत्रका स्कुलहरुमा छात्रवृत्ति तथा शैक्षिक सामग्रीहरु बितरण गर्ने मुख्य उद्देश्यले सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष सबिन गुरुङले जानकारी दिएका छन् ।
साथै यस कार्यमा साथ र सहयोग दिनु हुनका लागि दक्षिण कोरियामा रहेका सम्पुर्ण जनसमुदायहरु, विभिन्न संघ संस्थाहरु, व्यवसायी तथा बुद्धिजीवी महानुभावहरुमा तनहुँ समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ। साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन संस्थाले अपिल समेत गरिएको छ ।