विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सेवाग्राहीलाई हैरान
एसिया कै प्रतिष्ठित र व्याबस्थित अस्पताल दावी गरिएको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अहिले बिरामी र कुरुवा को लागि हैरानी को केन्द्र बनेको छ। एउटा सामान्य रोग चेक जाँच गराउन को लागि दुई दिन देखि साता दिन सम्म लाग्न सक्छ। हुन त अस्पतालमा धेरै आधुनिक उपकरण हरु छन,X-ray,CT scan ,video x-rey ,MRI,Lab,ECG,therapy machine लगायत आधुनिक उपकरण हरु उपलब्ध छन।तर सेवा सुविधा उपलब्ध भएर पनि सन्चालन गर्ने बैज्ञानिक प्रणाली नहुदा सेवाग्राही ले सास्ती ब्यहोर्नु परेको छ । बिरामी पुर्जी काटन घण्टौ लाइन, एउटा् बिल काट्न घण्टौ लाइन, बिल काटेर रगत ल्याब मा दिन घण्टौ लाइन,रिपोर्ट लिन घण्टौ लाइन, रिपोर्ट लिएर काउन्टरमा दर्ता गर्न घण्टौ लाइन ,त्यसपछि टोकन पाउन घण्टौ लाइन,डाक्टर को कक्ष मा पस्न घण्टौ लाइन, लाइन बस्दा -बस्दा तन्दुरुस्त मानिस पनि दुई दिन मा थला परिने स्थितिमा अस्पताल सन्चालन भैरहेको छ। आफ्ना -आफन्त, कर्मचारी, स्टाफ,सुरक्षा गार्ड चिनेजानेका को सरासर काम हुन्छ उनीहरुको लागि बिचैलिया हरु ले सिधै काउन्टरमा गएर काम फत्ते गरिदिन्छन। तर सर्वसाधारण का लागि भने सास्ती धेरै छ।
कर्मचारी गैर जिम्मेवार
बेला बेला उक्त प्रतिष्ठान मा कर्मचारीले सेवा सुविधा तलब कमि भएको भन्दै आन्दोलन गरेको दृश्य हरु पनि देखिन्छ तर आफुले सेवाग्राही लाइ कतिको सहज ढंगले सेवा प्रदान गरिरहेका छौं भन्ने कुरा कर्मचारी स्वयं ले आत्मसमिक्षा गर्न आवश्यक देखिन्छ । जस्तै अस्पताल को हरेक विभाग मा बिरामीको नाम दर्ता गर्ने कक्ष हुन्छ।त्यहा एक जना कर्मचारी हुन्छन् ,उसको काम भनेको बिरामीको नाम लेख्ने ,दर्ता नम्बर टिप्ने र बिरामी लाई सम्बन्धित डाक्टर को कक्षामा पठाउने हो। तर त्यहा बिरामी ले कुरिरहेको हुन्छ कर्मचारी कसैले बोलायो भनेर जान्छन् उता डाक्टर को कक्ष भित्र आराम गरेर आउँछ,चिया नास्ता को समय ११ बजे तोकिएको हुन्छ कर्मचारी १०:४० मा निस्केर जान्छ । बिरामी ले पुर्जी कतिखेर पाइएला भनेर कुरिरहेका हुन्छन। अझ पुर्जि छिटो दिनु पर्यो भनेर कसैले आग्रह गरे कर्मचारी ले उल्टो थर्काइ दिन्छ्न। एकातिर आकस्मिक कक्ष र बिरामी वार्ड मा नर्स हरु ले दुख दिने गर्छन् । रगत जाँच औषधि र उपचार सामग्री हरु किन्न को लागि दस पटक पठाउने गर्छन् । एउटै सामाग्री किन्न दस पल्ट गेट बाहिर जानुपर्छ आवश्यक सामाग्री एकैपल्ट अर्डर गरे भइहाल्थ्यो नि!
अस्पताल सन्चालन गर्ने प्रणाली गलत
हुन त कुनै पनि नीति नियम कार्यनयन गर्नका लागि नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्दछ।नेपाली समाज मा पालो प्रणाली लाई सबैभन्दा बैज्ञानिक विधि मानिएको छ ।तर नेपाल मा जति पालो मिच्ने नागरिक पनि अरु देशमा छैनन् होला। सबैले सहज ढंगले सेवा सुविधा पाउन सबै नागरिक अनुशासित हुन जरुरी छ।विपि प्रतिष्ठान मा पालो प्रणाली अबलम्बन गरिएको त छ तर पालो कुर्ने भन्दा धेरै पालो मिच्ने ,पालो मिचाइदिने मानिस हरु धेरै देखिन्छन् ।यस्तो कार्य अस्पतालमा मात्रै होइन नेपाल का हरेक सार्वजनिक स्थान हरु मा हुने गर्छन् ,।मैले नेपाल बाहेक अन्य ५ वटा मुलुक हरु घुमेको छु।जस्तै दक्षिण कोरिया को उदाहरण दिन चाहान्छु। दक्षिण कोरिया को कुनै पनि अस्पतालमा नाम दर्ता गरेको दस मिनेट भित्र मा डाक्टर संग परामर्श गरेर उपचार सुरु हुन्छ ।त्यहा पुर्जी काटी राख्नु पर्दैन ,काउन्टर मा जाने नाम दर्ता गराउने त्यसपछि कुन कोठामा जानुपर्ने काउन्टर मा जानकारी गराइन्छ सम्बन्धित कोठामा जादा बिरामीको नाम स्क्रिन मा आइसकेको हुन्छ पालैपालो डाक्टर ले बोलाउछ,आवश्यक चेकजाँच हुन्छ उपचार हुन्छ र अन्त्यमा डाक्टर ले सिफारिस गरेको औषधि को विवरण लिएर उपचारको लागत खर्च तिरेर बिरामी घर जाने प्रचलन छ ।तर हाम्रो नेपाल मा रगत जांच गर्यो बिल काट्नु पर्ने,x-ray गर्यो बिल काट्नु पर्ने यावत कुरा हरु ले प्रणालीमा अशर पारिरहेको छ। २४ घण्टा संचालन हुने आकस्मिक कक्ष मा एउटा काउन्टर छ जहाँ बिरामी पुर्जी पनि काट्नु पर्ने ,अन्य बिल पनि काट्नुपर्ने अर्कोतिर एउटै ल्याब ,जहाँ रिपोर्ट पनि लिनुपर्ने र परिक्षण सामाग्री पनि त्यही बाट दिनुपर्ने कमसेकम २४ सै घन्टा सन्चालन हुने आकस्मिक कक्ष मा बिल कान्टर ल्याब काउन्टर र पुर्जी लिने काउटर व्याबस्थित गरि दिए हुने हो।अस्पतालमा मा करोडौं आम्दानी हुन्छ अस्पताल सन्चालन प्रणालीमा आधुनिकता ल्याउनु पर्यो जनता लाई सहज ढंगले सेवा प्रदान गर्नु पर्यो ।
नियम मिच्नु ,अनुशासन नमान्नु नेपाली संस्कार
यदि कुनै पनि क्षेत्रमा निति नियम मिचेन भने,कसैलाई होच्याएन भने,कसैलाई पछि पारिएन भने नेपाली संस्कार रहदैन ,किनभने अनुशासनहिनता हाम्रो संस्कृति हो।
हामी नेपाली हरु पद्धति विहिन समाजमा हुर्किएका हौं । हामी नीति नियम पढाउन सिकाउन मात्रै जान्दछौ तर आफै मान्न तयार छैनौ ।जता पनि आफू नै अगाडि हुनुपर्ने ,आफ्नो काम मात्रै छिटो हुनुपर्ने भावना विकसित हुनुले समाज मा आदर ,सम्मान ,सद्भाव अनुशासन जस्ता समाजलाई प्रगति तर्फ डोर्याउने सामाजिक मुल्य मान्यता हरु हराउँदै जानुले समाज का हरेक क्षेत्र अराजकता तर्फ फस्दै गएको देखिन्छ जुन देश र समाज का सबल पक्ष हरु होइनन् ।
अस्पतालमा मधेसी र ग्रामीण इलाका का नागरिक हरु माथी दुव्र्यवहार हुने गर्छ
अस्पतालमा दैनिक तीन हजार को संख्यामा बिरामी आउने गर्छन् ,सबै नागरिक सुगम क्षेत्र का शिक्षीत हुदैनन् कतिपय गम्भीर प्रकृतिको बिरामी लिएर टाढा -टाढा बाट आउने गर्छन् ,तराइ प्रदेश दुई को सर्लाही देखि पुर्व झापा सम्मका र प्रदेश एक का प्राय सबै जिल्ला बाट बिरामी आउने गर्छन् । टाढा टाढा बाट आएका बिरामी लाई अस्पतालको सबै कुरा थाहा हुदैन ,उनिहरु लाई पर्याप्त सूचना प्रवाह गर्ने HELP DESK पनि व्यवस्था गरिएको छैन,एकातिर डाक्टर नर्स हरु ले किन ढिला गरेको ? त्यति कुरा पनि थाहा छैन ?यति औषधि छिटो ल्याउ ,यो गर त्यो गर भनेर ठुलो ठुलो स्वर मा कराइरहेका हुन्छन् ।
एकातिर आकस्मिक कक्ष रहेको एक मात्रै औषधि पसलमा साधारण सिटामोल पनि पाइदैन ,प्राय जसो पानी,सिरिन्ज,स्लाइन पानी र केही बेन्डेज हरु बेचेर बसेको देखिन्छ ।पहिले अस्पताल भित्रै अन्य ४ स्थान मा औषधि पसल थियो तर अस्पताल का प्रशाशक हरु संग कमिसन नमिलेको हुनुपर्छ अहिले ती स्थान हरुमा कार्टुन का बक्स र थोत्रा सामान थन्क्याउने गोदाम भएको देख्दा धेरै दुख लागेको छ