गलबन्दी गायक भाईलाई मेरो चिट्ठी

प्रिय गल्बन्दी गायक प्रकास सपुत भाई, आज सम्म तिम्लाई मैले चिनेको पनि छैन र जानेको पनि । हो तिम्रो गित यति बेला चर्चामा आएछ हल्लै हल्लामा मैले पनि १/२ पटक सुने राम्रो र स्तरीय भन्दा सुन्न लाई हेर्नलाई सारै रमाइलो र गज्जबनै छ,रमाइलो छ । गाउघरको पुरानो परिवेश छर्लङ्ग उतारेको छौ । एकदम मन छुने छ ।
भाई तिमी त यो गित ले चर्चाको शिखरमा पुग्यौ, बधाई छ । करोडौं दर्शक स्रोतालाई न तिम्रो नाम सँग मतलब थियो, नत तिम्रो थर संग, गीत मन पर्यो, त्यती मात्रै हो । एउटा राम्रो युवा पुस्ताको गित संगीतमा जम्नु सबै युवा वर्गलाई सारै राम्रो कुराको संकेत थियो। त्यसमा सबैको साथ र सहयोग सधैं रहने छ । भाई सत्यको सधैं जीत हुन्छ। जे जती तिमी आज सफल छौ त्यो तिम्रो संगीत प्रतीको लगाब र मेहनतले हासिल गरेको छौ, बधाई छ भाई । तर सपुत भन्ने न कुनै थर छ, न कुनै जात । हो तिम्ले आफ्नो नामको पछाडी निक नेम राख्न पाउछौ भाई यो तिम्रो अधिकार र इच्छाको कुरा हो ।
आज तिम्रो गल्तीले सम्पूर्ण दलित जाती, समुदायले ठुलो गाली बेइज्जतीको अपमान सहनु परेको छ । यो कुरा को पहिला तिम्ले माफी माग्नु पर्छ। किन भने हामिलाई थाहा थिएन तिम्रो surname के थियो ? पहिलो कुरा त तिम्ले आफुलाई र आफ्नो जाती समुदायलाई आफ्नो पहिचान लुकाएर धोका दिएका छौ । तिमी चर्चाको शिखरमा त पुग्यौ, तर जाती धर्म समुदायलाई अतिनै अपमानित र असहिय हुने बचन सुन्नुपर्ने बनायौ। तिम्ले गीतको लय चोर्यौं चोरेनौं त्यो संग हामीलाई कुनै सरोकोर छैन यस्ता यस्ता गीत चैत बैसाको हुरी र साउने झरी झै आउछन जान्छन ।यसमा कुनै गर्ब गर्नु पर्दैन । तर तिम्रो कला र संगीतको तिम्रो कर्मलाई आत्मसात गर्नु पर्छ । तिम्लाई सम्मान गर्नु पर्छ बधाई छ।
अहिले इन्टरनेटको दुनियाँमा सबैको हातमा स्मार्ट मोबाइल सेट छन्। हामी त्यस्तो नेपाली हौं । २/४ बर्ष अगाडी एउटा कोरियन गीत आयो ख्याँनाम स्टायल भन्ने तर नेपाली ले कन्डम स्टायल भनेर रमाइलोमा खुब सुने राम्रा राम्रा कलाकारले स्टेजमा डान्स पनि गरे कन्डम स्टायल नै बुजेर,तर ख्याँनाम स्टायल र कन्डम स्टायल शब्द छुट्याउन नसक्ने हौँ हामी, त्यही गीत संसारको सबै भन्दा धेरै हेरिएको र सुनिएको भनेर खुब नेपालमा पनि तारिफ गरे मीडिया हरुले। आउने जाने क्रम चलिरहन्छ भाई।
गल्बन्दी गायक प्रकास भाई हामीलाई कामी दमै सार्की पोडे, च्यामे, गाईने भनेर हामी सानो हुने होईन तर कती अपमानित तुच्छ पशु सरह गाली गलौच सुन्नु पर्यो त्यसको जिमेबारी तिम्ले लिनुपर्छ। किनकी सपुत भन्ने थर हाम्रोमा छैन। तिम्ले माफी माग्नु पर्छ। पहिला तिम्ले आफ्नो नामको पछाडी आफ्नो थर लेख भाई, ताकी हामी सबै तिमी प्रती गर्ब गर्न सकौं….. बाँकी कुरा जातीको नाममा समुदायको नाममा हामीलाई घृणा गर्नेको अब हामी छाला काड्ने छौ…हामीलाई गर्ब छ, हामी नेपाली हुनुमा, हामीलाई हाम्रो धर्म संस्कृति जातजातीमा,….मलाई गर्ब छ मेरो जातथर प्रती ….
-किशान सुनार पोखरा बाट