आफै संगठीत हुन सके मात्रै महिलाका माग तथा मुद्दाहरुको सुनुवाई हुन्छ । जुनु गुरुङ, क्षेत्रीय महिला संयोजक, एसिया प्यसिफिक, एनआरएनए


गैरआवासीय नेपाली संघको अभियानमा अहिले महिलाहरुको उपस्थिति र सक्रियता बढिरहेको छ । यो अभियानमा सक्रिय भएर लाग्ने महिलाको नाममा अग्रपंक्तिमा आउने नामहरुमा एउटा नाम हो, जुनु गुरुङ । दक्षिण कोरियामा रहेर वमन फर वमनको सफल नेतृत्व निभाएकी गुरुङ अहिले एनआरएनएको एसिया प्यासिफिक महिला संयोजकको भूमिकामा छिन्। एसिया प्यासिफिकमा रहेका देशका एनआरएनएमा छुट्टा–छुट्टै महिला विभाग गठन गर्दै यही जुलाई ६,७ मा दोस्रो एसिया प्यासिफिक क्षेत्रीय महिला भेला हुँदैछ । महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेलाले ‘महिला शसक्तीकरण एकता,शिक्षा,स्वास्थ्य, महिला लगनी मुखी बनाउने उदेश्यको सन्देश दिने जनाइएको छ । एसिया प्यासिफिक देशमा रहेका नेपाली महिलाहरुको अधिकार रक्षाका लागि एनआरएनएको भूमिका र नेपाल सरकारको चासो बढाउन महिला भेला सफल हुने गुरुङको दावी छ । एसिया प्यासिफिक देशमा रहेका महिलाहरुको विषयमा क्षेत्रीय महिला संयोजक जुनु गुरुङसँग गरेको छोटो कुराकानी :

तपाईहरुले म्यानमारमा एसिया प्यासिफिक क्षेत्रीय महिला भेला आयोजना गर्दै हुनुहुन्छ, कस्तो हुँदैछ भेला ?

हो, हामीले पहिलो पटक महिलाहरुको एसिया प्यासिफिक क्षेत्रीय भेला हङकङमा भब्यताका साथ सम्पन्न पछि दोस्रो महिला भेला पनि म्यानमारमा आयोजना गर्दै छौ । हाम्रो मूख्य उदेश्य भनेकै ‘महिला शसक्तीकरण र एकता’ हो । एसिया प्यासिफिकमा रहेका महिलाहरुलाई आफैं लगानी गरेर स्वाभलम्वी र आत्मनिर्भर बन्नु पर्छ भन्ने अभिप्राय भेलाको रहनेछ । त्यसैगरी एसिया प्यासिफिक क्षेत्रका महिलाहरुको समस्या र समाधानका विषयमा एनआरएन र नेपाल सरकारको ध्यानाकर्षण गराउने काम भेलाले गर्दछ । एसिया प्यासिफकका देशमा रहेका एनआरएन महिला संगठनको प्रगति विवरण प्रस्तुत हुनुका साथै भावी कार्यक्रमहरु पनि तय हुने छन् ।
त्यसैगरी महिलाको स्वास्थ्य, जनेतना र जागरण फैलाउनका लागि विदेश देखि स्वदेशसम्म विभिन्न कार्यक्रमहरु गर्नका लागि भेलामा ब्यापक छलफल हुनेछ ।

तपाई गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको महिला संयोजकको नाताले यस क्षेत्रमा रहेका महिलाहरुको विषयमा तथा उनीहरुको मुद्दाहरुमा तपाईले के गरिरहनुभएको छ ?

जब म निर्वाचित भएर आए, कोरिया लगायत एसियाली मुुलुकमा जति पनि एनआरएनएका संगठनहरु थिए, कतिपय ठाउँमा महिला संगठनहरु थिएनन् । त्यो महिला संगठनलाई एनआरएन एनसीसी महिला संयोजकमार्फत वहाँहरुको संयोजकत्वमा मेरो लिडरसिपमा प्रत्येक एनआरएनए भित्र महिला संगठन विस्तार गर्दैछु । पहिला त हामी नै संगठीत हुन जरुरी छ । हामी संगठीत हुन सकियो भने मात्र हाम्रा माग तथा मुद्दाहरुको सुनुवाई हुन्छ भन्ने मान्यताका साथ अगाडि बढेका छौ ।

कुन–कुन देशमा महिला संगठन बिस्तार गरिसक्नुभयो अहिले ?

एसिया प्यासिफिक भित्रको महिला कोर्डिनेटरहरुको बिचमा मैले एउटा ग्रुप बनाएको छु । यो ग्रुपमा हाम्रो प्रत्येक महिना मिटिङ हुन्छ । त्यही मिटिङबाट नै पारित भएर जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्डमा ,मलेसिया, सिंगापुर, कोरिया, चिन,म्यानमारमा महिला फोरमको गठन भइसकेको छ ।

प्रत्येक देशको एन आर एन महिला संयोजक हरूको नाम के के हुन ?

जापान =सबिता श्रेष्ठ
हङकङ=अनु राई
मकाउ = सर्मिला राई
सिंगापुर = तपस्या रेग्मी
मलेसिया =शान्ति थापा
थाईल्याण्ड=मेघा चन्द
कोरिया = कमला गुरुङ
चिन = रंजिता आचार्य
म्यानमार= डा•मिना देबी सापकोटा
विभिन्न कार्यक्रमहरु जस्तै तीज लगायत अरु राम्रा कार्यक्रमहरु पनि गरिसकेका छौ र अरु देशहरुमा पनि संगठन बिस्तार गर्ने एउटा पोजिटिभ सन्देश आएको छ ।

एसिया प्यासिफिक क्षेत्रमा विशेषगरी महिलाहरुका समस्या के रहेछन्, तपाईहरुले उठाउनु पर्नेे मुद्दा यो क्षेत्रमा कस्तो–कस्तो पाउनुभयो ?

एसिया प्यासिफिक क्षेत्रमा महिलाहरुको प्रमुख समस्या र पुरुषका समस्या उस्ताउस्तै छन् । तर, पुरुष भन्दा महिला केही मात्रामा पीडित भएको पाइन्छ । चाहे त्यो मालिकबाट होस् चाहे काम गर्ने ठाउँमा नै । हालसालैको समस्याको कुरा गर्दा महिलाहरु अलि बढी बिरामी हुने, विदेशी वा कोरियनसँग बिहे गरेर आएर विभिन्न देशमा गएर बेरोजगार बन्ने, त्यस्तो किसिमको समस्याहरु छ । यसलाई हामी विभिन्न कार्यक्रममार्फत अभियान चलाएर एसिया प्यासिफिक भित्रको एनआरएनएमा महिलालाई सशक्त र शिक्षित बनाउने, संस्थागत बनाउने किसिमको अभियान चलाउनेछौ । सुरुमा संगठीत भएपछि अभियान थाल्नेछौ ।

तर, एसिया प्यासिफिक क्षेत्रमा तुलनात्मक रुपमा पुरुषहरु भन्दा बढी महिलाहरु समस्यामा रहेका छन्, जस्तै मलेशिया, थाइल्याण्ड लगायतमा पनि विभिन्न फरकखालका समस्याहरु छन् । तपाई आफै एउटा महिला भएको नाताले के भन्न चाहनुहुन्छ ?

मेरो सोचाइमा महिला पुरुष एउटै हुन । सबैको उत्तिकै सोच्ने क्षमता र काम गर्ने क्षमता हुन्छन् । शक्तिको कुरा गर्ने हो भने अलिकति बढी होला पुरुषमा, तर काम गर्ने शैली र सोच्ने शैली उस्तैै हो । तर हाम्रो समाज कस्तो छ भने जब महिलाहरु विदेशमा काम गर्न जान्छन्, अलिकति फरक मैले के पाए भने वहाँहरु कामगर्दा कमजोर देखाउनेहरुले, समाजबाट उनीहरुहरुलाई विभिन्न कुराहरुबाट कमजोर मनस्थिति बनाइसकेपछि त्यहाँबाट काम गर्न गा¥हो हुने, पुरुषहरुले पनि फाईदा लिएर मात्रै वहाँहरुलाई सहयोग गर्ने लगायतका समस्याहरु देखिरहेकाछौं । कोरियामा पनि मैले देख्दै आएको विवाह गरेर आएका जति पनि महिलाहरु छन् वहाँहरुलाई मानसिक तनाव बढी दिएर विभिन्न समस्याहरु भइरहेको थियो अहिले त्यो धेरै कम छ ।

एनआरएनएले महिलाहरुको लागि विशेष त्यस्तो केही कार्यक्रमहरु ल्याएको छ ?

हालसालै हाम्रो आईसिसि महिला फोरमबाट एउटा अभियान चलाउन खोजिरहेका छौं । युरोप, अमेरिकातिर त्यो सुरु पनि भैसकेको छ र हामीले एसिया प्यासिफिक क्षेत्र भित्र पनि केही समय भित्रै सुरु गर्छौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...