कोषाध्यक्ष बानियाँ हुन्डी कारोबारका कारण होइन अवैधानिक भएका कारण नेपाल फिर्ता : एनआरएनए, दक्षिण कोरिया
गैर आवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले एक विज्ञप्ती प्रकाशित गर्दै संस्थाका कोषाध्यक्ष आलोक भनिने लोक बनियाँ हुन्डि कारोवारका कारणले नेपाल फिर्ता नपठाएको जनाएको छ । अध्यक्ष लक्ष्मी गुरुङले हस्तक्षर गरेको विज्ञप्तीमा भनिए अनुसार केही महिना देखि अबैधानिक बसेको र सोही समयमा पक्राउ परेकोले नेपाल पठाएको जनाएको छ ।
केही समय अघि दक्षिण कोरियामा रहेका बिभिन्न सञ्चार माध्यमले आलोकलाई हुन्डी कारोवार गरेको कारण देश निकाला गरिएको समाचार प्रकाशित भएको थियो । तर विज्ञप्तीमा निर्वाचित पदाधिकारी भएकोले ब्यक्तिगत रुपमा गरेको कामको जिम्मेवारी संस्थाले नलिने पनि उल्लेख छ ।
पुरा विज्ञप्ती हेर्नको लागि