कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन
दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन करिब (रु.१० लाख ) पुरस्कार प्राप्त गरेकी छिन् । ग्यांगसाइ० नाम्दो हाम्यांग निवासी आशा गुरुइ०ले ” उत्कृष्ठ बुहसांस्कृतीक परिवार पुरस्कार ” प्राप्त गरेकी हुन् । कोरियामा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको आधारमा स्थानिय धामुन्ह्वा (बहुसांस्कृतिक) सेन्टरले सिफारिस गरेपछि प्रतिस्पर्धामा प्रवेश गर्न पाइने छ ।
विगत १३ वर्षदेखि कोरियामा रहदै आएकी गुरुइ०ले लामो समयदेखि धामुन्ह्वा क्षेत्रमा शैक्षिक प्रशिक्षक तथा अनुवादको रुपमा कार्यरत रहदै आएका थिए । गत फेब्रवरीमा बुसान डिजिटल विश्वविद्यालयको कल्यानकारी विभागबाट उनले स्नातक गरेकी छन् । हाल उनी बृद्धबृद्धा हेरचाह तथा संरक्षण केन्द्रमा सामाजिक कार्यकर्ताको रुपमा कार्यरत छन् । यो पुरस्कार प्राप्त गर्ने गुरुइ० पहिलो नेपाली हुन् । गुरुइ०का एक छोरा र एक छोरी रहेका छन् ।
बैंकले सउलमा मंगलबार एक कार्यक्रम गरी पुरस्कार वितरण गरेको छ । कार्यक्रममा नेपाल राजदूताबासका कार्यवाहक राजदुत किरण शाक्यको उपस्थिती रहेको थियो । कोरियामा रहेका धामुन्ह्वा परिवारलाई आर्थिक तथा नैतिक सहयोग पुराउदै जीवनयापनमा सहजता र खुशी प्रदान गर्न यस्ता कार्यक्रमले सहयोग पुराउने आशा लिन सकिन्छ ।