१४ जुलाईमा सउल नेपाल गुम्बाको एकदिने टेम्पल स्टे
दक्षिण कोरियाको प्रसिद्ध म्योजक्सा टेम्पल स्टेको निमन्त्रणामा सउल नेपाल गुम्बाले अगामी जुलाई १४ तारिखमा एक दिने टेम्पल स्टे गर्ने भएको छ ।
कोरियाको राजधनीबाट नजिकै ख्याङ्गी प्रान्तको नाम्याङजु अवस्थित म्योजक्सा टेम्पल स्टेमा जान उक्तदिन आइतबार विहान साढेँ ८ बजे दोङ्देमुनबाट बसको व्यवस्था गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिएका छन् ।
गुम्बामा मेडिटेशन, पूजापाठ, गुम्बा दर्शन तथ गुम्बा वरिपरी रमाणीय दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको लामाले बताए । सिट सिमित रहेकाले कार्यक्रममा सहभागिता हुन इच्छुक कोरियावासी नेपालीहरूले समयमै सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेको छ ।