नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले चलचित्र “जात्रै जात्रा” प्रदर्शन गर्दै


नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले  यस वर्षको सर्वाधिक सफल नेपाली चलचित्र “जात्रै जात्रा ” किम्हेमा प्रर्दशन गर्ने भएकाेछ। । यहि आउँदो अगस्ट २५ तारिख किम्हेको बस टर्मिनल नजिकैको मुन्हावन हलमा प्रदर्शन गर्ने भएको हाे।

कोरियामा बिभिन्न आपत बिपतमा सहयोग गर्ने उद्देष्यले स्थापना गर्न लागेको ‘आपत बिपत राहत कोष ‘ सहयोगार्थको लागि सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष युद्व सलामि मगरले जानकारी दिए । उनले थपें -“यस वर्षकै सुपरहिट र बहुप्रतिक्षित चलचित्र “जात्रै जात्रा” नेपालमा ५१ औं दिन मनाउन सफल चलचित्र जसले भरपूर कमेडी सहित नेपालमा व्याप्त सबैखाले समस्या र बेथितीहरु पर्दामा उतार्ने कोशिस गरिएको छ ।”

यस विशुद्ध सामाजिक सेवाको अवधारणा सहित सहयोग पुग्ने हेतुले प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र “जात्रै जात्रा” हेरेर मनोरन्जन सँगै पुण्य कमाउनुहुन दक्षिण कोरिया किम्हे बुसान स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा नेपाल मगर सङ्घ दक्षिण कोरिया किम्हे बुसान साखा हार्दिक अनुरोध गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...